इश्वर न्यौपाने

समय योजना र ब्यवस्थापन : समयको महत्व बुझेर काम गर्ने समय तोक्ने र तोकीएको समयमा काम गर्ने ।

उत्तराधिकारी योजना : आफु पछिको नेतृत्व तयार गर्न सक्ने ।

स्पस्ट बक्ता : आफ्ना कुराहरु स्पष्ट राख्ने ।

कानूनी परिपालना : राज्यले ब्यवस्था गरेको ऐन, कानून र सहकारी संस्थाको बिनियम, कार्यविधि, निर्णयहरुको पूर्ण पालना गर्ने, गराउने क्षमता भएको ।

स्वाभीमानी : आफ्नो स्वाभीमान भएको ।

ईगो : कुनै बिषयमा ईगो नलीने, नराख्ने ।

समन्वय : सबैलाई मिलाएर अगाडि बढ्ने क्षमता भएको ।

आत्मप्रेरीत : आफै उत्प्रेरीत भई कार्य गर्ने ।

नम्रता : बोली, बचन, ब्यवहारमा नरम ।

अरुको ख्याल गर्ने : शेयर सदस्य, समाज र अधिनस्तको ख्याल गर्ने ।

आत्म जागरुक : आफै जागरुक भई कार्य गर्ने ।

भावनात्मक बौद्धिकता : अधिनस्तहरुको दुःख, पिडा बुझ्नसक्ने भावनासहित बौद्धिक क्षमता भएको ।

आत्म अनुशासन : आफु अनुशासनमा बसी अरुको उदाहरणीय बन्ने ।

जोश : ऐन, नियमावली, निर्देशन, बिनियम, कार्यविधिहरु बमोजिम आवश्यक समयमा निर्णय गरी कार्यान्वयन गराउन सक्ने उत्साह भएको ।

लचकता : कसैलाई असर नपर्ने गरी लचक बन्ने क्षमता भएको ।

जवाफदेही : आफुले र आफ्नो अधिनस्तहरुले गरेको कामको जवाफ दिन सक्ने क्षमता भएको ।

सहयोगी : शेयर सदस्यहरु र अधिनस्तहरुलाई मनै देखी सहयोग गर्ने भावना भएको ।

प्राविधिक जानकार : सहकारी संस्थाले प्रयोग गरेको बिभिन्न प्रविधिहरुको बारेमा न्यूनतम ज्ञान भएको ।

निष्ठावान : आफ्नो लागि कहिलै स्वार्थ नराख्ने ।

प्रत्यायोजन गर्ने क्षमता : सबै अधिकार आफैमा नराखी अधिनस्तमा उचित प्रत्यायोजन गर्ने क्षमता भएको ।

सञ्चार सिप : अवरोध ब्यवस्थापन सहित सञ्चार गर्ने क्षमता भएको ।

कृतज्ञता : राम्रो काम गर्ने र सहयोग गर्नेप्रति कृतज्ञ बन्न सक्ने ।

सिक्ने क्षमता : निरन्तर सिक्न चाहने र सिक्नको लागि समय दिन सक्ने ।

प्रभावपार्ने सैली : समाज, शेयर सदस्य र अधिनस्तलाई प्रभाव पार्न सक्ने क्षमता भएको ।

सहानुभुति : आवश्यकता अनुसार सहानुभुति प्रकट गर्ने क्षमता भएको ।

साहस : पराक्रमी, आँट भएको ।

सम्मान : अरुले गरेको राम्रो काम र अरुको सम्मान गर्ने सक्ने ।

नविन खोज : नयाँ नयाँ कुराको खोजी गरी सदस्य सेवा थप गर्न सक्ने ।

ईमान्दार : ईमान्दारीताको कारण अरुको उदाहरण बन्न सक्ने ।

प्रभावकारी सुन्ने क्षमता : शेयर सदस्य, समाज र अधिनस्तहरुको कुरा सुन्न सक्ने क्षमता भएको ।

आत्म बिश्वास : केही गर्न सक्छु भन्ने आत्मबिश्वास भएको ।

दुरदृष्टि : सहकारी संस्थालाई सफल बनाई भविश्यमा कहाँ पु¥याउने ? भावि दिनमा शेयर सदस्यहरुलाई कसरी प्रभावकारी सेवा प्रदान गर्ने ? भन्ने स्पष्ट दृष्टिकोण भएको ।

प्रतिनिधित्व क्षमता : सम्बन्धित निकाय तथा आवद्ध संघहरुमा प्रभावकारी प्रतिनिधित्व गर्न सक्ने क्षमता भएको ।

निर्णय क्षमता : उचित र आवश्यक समयमा बिभिन्न बिकल्पहरु मध्ये उचित बिकल्प छनौट गरी निर्णय गर्न सक्ने ।

समस्या समाधान : समस्या देखी नडराई समाधान गर्न सक्ने ।

निश्पक्ष मनोबृत्ति : सबै लाई समान ब्यवहार गर्न सक्ने सोच भएको र सोही अनुसार ब्यवहार गर्ने ।

जिज्ञासु : जुनसुकै बिषयमा जिज्ञासु भई सिक्ने र ब्यवहारमा उतारी प्रभावकारी सिकाई प्रमाणीत गर्ने ।

अरुलाई सशक्त बनाउने : शेयर सदस्यहरु र अधिनस्तहरुलाई सशक्त बनाउन सक्ने क्षमता भएको ।

समानता र समता : सबैलाई समान ब्यबहार गर्ने र कमजोरलाई प्राथमिकता दिई समता कायम गर्न सक्ने ।

जय सहकारी ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय