२७ साउन २०७७
काठमाडौं । नेपालको सफ्टवेयर कम्पनी एफवान सफ्टले साउथ इस्ट एसिया बिजनेश अवार्ड २०२० पाएको छ । नेपालबाट यो अवार्ड प्राप्त गर्ने एफवान सफ्ट पहिलो कम्पनी बनेको छ । यो विधाको अवार्ड हरेक वर्ष बेलायतको अग्रणी बिजनेश म्यागेजिन एपाक इन्साइडरले दक्षिण(पूर्वी एसियामा आफ्नो व्यवसायमार्फत् राम्रो प्रभाव पार्ने कम्पनीलाई दिने गर्दछ ।


एवार्ड प्राप्त भएपछि कम्पनीजका अध्यक्ष विश्वास ढकालले भने, ‘हामी दक्षिण एसियाका प्रतिष्ठित कम्पनीहरुको माझमा अन्तराष्ट्रिय रुपमा चिनिन पाउँदा गर्व गर्दछौं । विशेष गरी कोरोनाभाइरस महामारीको बेला विश्वलाई अझ इन्नोभेटिभ कम्पनीहरूको आवश्यकता छ ।’अवार्ड संयोजक क्याथरिन बेन्टनले एपाक इन्साइडरको तर्फबाट समेत एफवान सफ्टलाई बधाइ दिएकी छन् ।
एफवान सफ्ट नेपालको सबैभन्दा ठूलो र अग्रणी डिजिटल वित्तीय सेवा कम्पनी हो । कम्पनीले मोबाइल पेमेन्ट र मोबाइल बैंकिङ सोलुसन्सको क्षेत्रमा काम गर्दै आएको छ ।
एक करोडभन्दा बढी प्रयोगकर्ताले यस कम्पनीअन्तर्गतका ईसेवा र फोन पे प्रयोग गरिरहेका छन् । कम्पनीले हाल ७ सयभन्दा बढीलाई रोजगारी प्रदान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय