उर्लाबारी । शिक्षा क्षेत्रमा देखिएको तमाम विकृति र विसंगतिलगायतका दुई दर्जन बढी माग राख्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) उर्लाबारी क्याम्पस कमिटीले बुधबार उर्लाबारी बहुमुखी क्याम्पस प्रमुखलाई ज्ञापनपत्र बुझाएको छ ।
क्याम्पसको हाताभित्र, धुम्रपान, मध्यपान र मधुजन्य बस्तुको सेवन गरि क्याम्पस भित्र प्रवेशमा रोक लगाउने साथै क्याम्पसको एक सय मिटर आसपासमा धुम्रपान र मद्यपानको व्यापारमा रोक लगानुपर्ने माग राखेका हो । यस्तै चमेना गृहको सहि व्यवस्थापन गर्ने र उचित खाजाको रुटिनसहित गुणस्तरमा ध्यान पुयाउने, खाजा, चियाको लागि शिक्षक र विधार्थी नै बाहिरको होटलमा जाने देखिएको हुँदा यसको अन्त्य गर्ने, शौचालयको सरसफाईमा नियमित ध्यान दिने, विद्यालयको नियमित सरसफाई गर्ने, शिक्षकको शौचालय र विद्यार्थीको शौचालयमा समानता आउनु पर्ने माग राखेका छन् ।
यस्तै वार्षिक खेलकुद कार्यक्रमलाई समयमा सम्पन्न गराउने र खेलकुदका सामाग्री पूर्ण ?पमा उपलब्ध गराउनु पर्ने, दक्ष जनशक्ति उत्पादन भै सकेका विद्यार्थीको विभिन्न क्षेत्रमा रोजगारीको लागि विभन्न रोजगारदाता कम्पनीह?लाई क्याम्पसमै आउने र दक्ष जनशक्तिको छनोट गर्ने वातावरण बनाउन पहल गर्ने, प्राथमिक स्वास्थ्य उपचारको कक्ष भएता पनि त्यसमा प्रर्याप्त औषधि उपचारका सामाग्रीह? अत्यावश्यक सेनिटरी प्याड, सिटामोल आदि नभएको हुँदा त्यसको व्यवस्थापन कम्तिमा १५ दिनमा गर्नु पर्ने, विधार्थीलाई विभिन्न क्षेत्रका अव्बल व्यक्तित्व ल्याई उत्प्रेरणा सम्वन्धि महिनामा १ दिन अनिवार्य सञ्चालन गर्नु पर्ने, शिक्षक नियुक्ति र कर्मचारी नियुक्ति, बढुवामा राजनीतीकरण नगर्ने र स्वच्छ प्रतिस्पर्धामा जानु पर्नेलगायतको माग राखेको अखिल क्रान्तिकारी उर्लाबारी बहुमुखी क्याम्पस अध्यक्ष थानेश्वर अधिकारी (आकाश)ले जानकारी दिनुभयो । जिल्ला संयोजक नगेन्द्र घिमिरे, अखिल क्रान्तिकारी उर्लाबारी बहुमुखी क्याम्पस सचिब दिपेन्द्र बराईलीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय