न्यू सिदार्थ क्लब उर्लाबारी र थ्रीसिक्टीको आयोजनामा आज उर्लाबारीमा होली कार्यक्रम भयो । उल्लेखिय सहभागीतामा भएको होली कार्यक्रममा डिजेसँगै उर्लाबारीबासी झुमे ।
कार्यक्रममा डिजे नेहा, गायक सुरेश धिमाल, मिलन खत्री र आश्मा दुलालको प्रस्तुति रहेको थियो । अध्यक्ष दिनेश दाहालको सभापतित्वमा भएको उक्त कार्यक्रममा सहभागीहरुलाई भरपुर मनोरञ्जन प्रदान गरियो । होली कार्यक्रम भब्य र सभ्य तरिकाले सम्पन्न भएको कार्यक्रम संयोजक अनिकेत कार्कीले जानकारी दिनुभयो । थ्रीसिक्टीका संस्थापक अध्यक्ष दिपक आले मगरलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय