सरोज बस्नेत

उर्लाबारी । गुणस्तरीय एबं ब्यावहारिक शिक्षामा जोड दिँदै आएको सप्तकोशी अंग्रेजी बोर्डिङ स्कुलले अभिभावक र विद्यार्थीहरुको मन जित्न सफल बनेको छ ।
२०५० सालमा स्थापना भएको उक्त विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्ने सवालमा अग्रस्थानमा देखिएको हो । पूर्वी मोरङकै उत्कृष्ट नीजि विद्यालयको रुपमा आफूलाई स्थापित भएको उक्त विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म पढाई हुँदै आएको छ । स्थापनाकालबाट नर्सरीदेखि कक्षा ३ सम्म पढाई आरम्भ गरेको गरेको उक्त विद्यालयले १ हजार भन्दा बढि बिद्यार्थीहरु एसएलसी अर्थात हालको एसईई परीक्षामा उर्तिण गराईसकेको छ । २०५८ सालमा पहिलो पटक एसएलसीमा परीक्षामा सहभागी भएको सप्तकोशीले निरन्तर उत्कृष्ट नतिजा ल्याउन सफल हुँदै आएको छ । २०६६ सालदेखि प्लस टु सुरु गरेको सप्तकोशीले ब्यवस्थापन र विज्ञान संकाय सञ्चालन गर्दै आएको छ । उक्त विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरु मेडिसिन, इन्जिनियरिङ, नर्सिङ, फुड साइन्स, म्यानेजमेन्ट, एग्रिकल्चरजस्ता जब ओरिन्टेड विषयहरुमा अध्ययन गरी जागिरसँगै अध्ययन गरिरहेका छन् । विद्यालयमा ६२ जना शिक्षक कर्मचारी कार्यरत रहेका छन् । सो विद्यालयमा १ हजारभन्दा बढी बिद्यार्थीहरु अध्ययरत रहेको छन् । सप्तकोशीले गुणस्तरीय एबं ब्यवहारिक शिक्षामा जोड दिँदै आएका कारण पनि विद्यार्थी र अभिभावकको मन जित्न सफल बनेको हो । सबैको रचनात्मक समन्वय, सहकार्य, दृढ इच्छाशक्ति, संकल्प, पारदर्शिता, जवाफदेहिता र समर्पणबाट प्राप्त अपेक्षित उपलब्धि प्रतिको जनजनको सन्तुष्टि नै गुणस्तरीय शिक्षा हुने विद्यालयको ठम्वाई छ । सप्तकोशीले कम्प्युटर, विज्ञान प्रयोगशाला, पुस्तकालय, क्यान्टिन, स्कुल बस, मन्टेश्वरी कक्षा, विद्यालय परामर्श सेवा, अतिरिक्ता क्रियाकलाप, शैक्षिक भ्रमण, हाईकिङ, विद्यार्थी परामर्श सेवा, अतिरिक्ता कक्षा, मोटिभेसनल कक्षा, जीवन सीप कक्षाहरु सञ्चालन गर्दै आएको छ ।
पूर्व प्राथमिक तहमा मन्टेस्वरी विधिबाट अध्यापन, एसएलसी परीक्षामा उच्च श्रेणीमा सत प्रतिशत नतिजा,दक्ष, अनुभवी शिक्षक–शिक्षिकाद्वारा अध्यापन,स्वच्छ, एकान्त एवं सुविधा सम्पन्न नवनिर्मित विद्यालय भवन, स्कुल बस, प्राथमिक उपचार, खेलकुद र अतिरिक्त क्रियाकलापको विशेष व्यवस्था, कम्प्युटर शिक्षा तथा स–साना नानीहरुका लागि विशेष रेखदेखको व्यवस्था, समय सापेक्ष प्राविधिक शैक्षणिक क्रियाकलापलगायतमा पनि विद्यालयले जोड दिँदै आएको विद्यालयका संस्थापक प्रिन्सीपल लेखनाथ भट्टराईले जानकारी दिनुभएको छ । राष्ट्र र समाजको विकासमा विज्ञान, प्रविधि र ज्ञानका क्षेत्रका आवश्यक उच्च गुणस्तरयुक्त मानवीय संसाधन तयार पार्न सहयोग पुर्याउने उद्देश्यले उक्त विद्यालयले ब्यवस्थापन संकायमा ११ र १२ कक्षाको पढाई सञ्चालन गर्दै आएको उहाँको भनाई छ । विद्यालयले गुणस्तरीय शिक्षा प्रदानलाई प्राथमिकतामा राखेर अघि बढिरहेको अध्यक्ष बैजयन्ती मिश्रले बताउनुभयो । विद्यालय २ विघा क्षेत्रफलमा रहेको र १ विघामा ब्यवस्थित खेलमैदान निर्माण गरिएको छ । विद्यालयले कक्षा प्रथम, गरिब तथा विपन्न, सहिद, बेपत्ता परिवारलाई पूर्ण र आशिंक छात्रबृत्तिको ब्यवस्था गरेको छ । जसले गर्दा न्यून आय भएका जेहेन्दार विद्यार्थीहरुले समेत त्यहाँ पढ्न पाएका छन् । बालबालिकाहरुको उचित तबरको हेरचाह र बृत्तिविकास लागि सप्तकोशी अब्बल ठहरिएको छ । बालबालिकाको राम्रो पढाइको बलियो जग बसाल्न पनि स्कुल प्रभावकारी सावित भइसकेको छ । पढाईको अलवा विद्यालयले खेलुकलाई पनि प्राथमितामा राखेको छ । बिद्यालयले बार्षिक रुपमा सप्ताह ब्यापी खेलकुद कार्यक्रम गर्दै आएको छ । संस्थापक प्रिन्सीपल भट्टराईले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षासँगै खेलकुद तथा अनुशासनमा रहन विद्यालयले प्रोत्साहित गर्ने गरेको बताउनुभयो । स्कुलले बालबालिकालाई आफ्नो प्रतिभा तिखार्नेसँगै नयाँ प्रतिभाको जन्म दिने कामममा विशेष काम गर्ने गरेको पनि उहाँले बताउनुभयो । बिद्यार्थीहरुको प्रतिभालाई अभिवृद्धी गर्न विद्यायल प्रयत्नशील रहेको उल्लेख गर्दै उहाँले बालबालिकाका नियमित र अतिरिक्त क्रियाकलापमा जोड दिइरहेको बताउनुभयो । स्कुलले बालबालिकालाई उच्च नैतिक संस्कारसँगै समाजमा घुलमिल हुनसक्ने ब्यवहारिक सीप पनि सिकाउने गरेको उहाँको भनाई छ । यो स्कुलमा प्रशिक्षकबाटै डान्स, म्युजिक, खेलकुद, आट्र्स, साहित्यलगायतको कक्षा लिने गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय