रतुवामाई । मोरङको रतुवामाई नगरपालिका को १८औँ नगरसभा अधिवेशन आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रम तथा ९० करोड ५ लाख १६ हजार रुपैयाँ बराबरको अनुमानित बजेट पारित गर्दै सफलतापूर्वक सम्पन्न भएको छ।
नगरपालिकाले नगरसभामार्फत आगामी आर्थिक वर्षका लागि विकास, पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि तथा सामाजिक क्षेत्रलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम स्वीकृत गरेको जनाएको छ।
नगर उपप्रमुख दमयन्ता चुडालले नगरसभा सफलतापूर्वक सम्पन्न भएको जानकारी दिँदै पारित बजेट तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने बताइन्।
नगरपालिकाका अनुसार पारित बजेटले स्थानीय विकासलाई थप गति दिने, जनसेवालाई प्रभावकारी बनाउने तथा समग्र नगरको आर्थिक–सामाजिक रूपान्तरणमा टेवा पुग्ने अपेक्षा गरिएको छ।























