कोशी प्रदेश सरकारकी शोभा चेम्जोङ पालुङ्वाले ताप्लेजुङस्थित गुफा–भुजे–देउराली–गोरजा–चागे–दोभान जोड्ने सडक योजनाको स्थलगत निरीक्षण गर्नुभएको छ ।
५ करोड रुपैयाँ लागतमा सञ्चालन भइरहेको उक्त सडक योजनाको प्रगति, निर्माणको अवस्था तथा स्थानीयस्तरमा पर्ने प्रभावबारे राज्यमन्त्री पालुङ्वाले जानकारी लिनुभएको हो । निरीक्षणका क्रममा उहाँले निर्माण कार्य निर्धारित समयभित्र सम्पन्न गर्न, गुणस्तरमा कुनै सम्झौता नगर्न तथा स्थानीय नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने गरी काम अगाडि बढाउन सम्बन्धित निकाय र निर्माण पक्षलाई निर्देशन दिनुभएको छ । उहाँले सडक पूर्वाधारले दुर्गम क्षेत्रको पहुँच विस्तार, स्थानीय आर्थिक गतिविधि वृद्धि तथा सेवा प्रवाहलाई सहज बनाउने भएकाले योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । स्थानीयवासीले पनि सडक निर्माण समयमै सम्पन्न भए आवतजावत, कृषि उत्पादन ढुवानी तथा दैनिक सेवा सुविधामा सहजता आउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय