राष्ट्रिय मानव अधिकार आयोग, कोशी प्रदेश कार्यालय, विराटनगरको आयोजनामा “अपाङ्गता भएका व्यक्तिहरूको भौतिक पहुँच तथा अपाङ्गतामैत्री संरचनाबारे अनुगमन प्रतिवेदनको प्रयोजनार्थ सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम” सम्पन्न भएको छ।
कार्यक्रममा कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास राज्यमन्त्री शोभा चेम्जोङ पालुङ्वाले मन्तव्य व्यक्त गर्दै अपाङ्गता भएका व्यक्तिहरूको सहज पहुँच सुनिश्चित गर्नु राज्यको दायित्व भएको बताउनुभयो। उहाँले सडक, सरकारी कार्यालय, सार्वजनिक भवन तथा अन्य पूर्वाधार निर्माण गर्दा अपाङ्गतामैत्री मापदण्ड अनिवार्य रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले समावेशी विकासलाई व्यवहारमा उतार्न सबै सरकारी निकाय, स्थानीय तह तथा सरोकारवाला संस्थाहरूबीच प्रभावकारी समन्वय आवश्यक रहेको उल्लेख गर्दै मानव अधिकारको संरक्षण र प्रवर्द्धनका लागि सबै पक्षको साझा प्रतिबद्धता आवश्यक रहेको धारणा राख्नुभयो।
कार्यक्रममा विभिन्न सरकारी निकाय, स्थानीय तह, अपाङ्गता अधिकारकर्मी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो। कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूको भौतिक पहुँच अभिवृद्धि तथा अपाङ्गतामैत्री संरचना निर्माणका विषयमा सुझाव तथा अनुभव आदानप्रदान गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय