उर्लाबारी, राजनीतिसँगै व्यवसायलाई अघि बढाइरहेका जुझारु शेखरनाथ दाहाल उर्लाबारी वडा नं. ४ को वडा सदस्यको उम्मेद्वार बनेका छन् । नेकपा एमालेबाट उम्मेद्वार बनेका शेखर वडाका जुन स्थानमा पुग्छन्, सबैको माया र सद्भाव पाएकै छन् । लामो समयदेखि नेकपा एमालेका विभिन्न कमिटीमा रहेर योगदान पु¥याएका उनी वडाबासीमा परिचित छन् ।
राजनीति मात्र होइन उनको समाजसेवा र व्यवसायले आत्मीयतालाई प्रगाढ बनाइदिएको छ । जीवन दौरानमा अनेकौं दुःख हण्डर खाएर आफूलाई सफल फर्निचर व्यवसायीको रुपमा स्थापित गराउन सफल उनी सामाजिक कार्यमा पनि अग्रणी छन् । समझदारी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रहेका शेखर रामेश्वर शिवालय मन्दिर निर्माणका लागि लगाइएको पुराणमा सचिव भएर कार्यकुशलता देखाइ सकेका छन् । त्यसैका कारण उनलाई मन्दिरको सह सचिव बनाई स्थानीय समाजले जिम्मेवारी सुम्पेको थियोे ।
२०३३ सालमा तत्कालीन उर्लाबारी –१ हालको वडा नं. ४ मा जन्मिएका दाहाल अत्यन्तै सरल र मिजासिलो स्वभावका छन् । अरनिको माविमा अध्ययनरत हुँदै अनेरास्ववियूमार्फत राजनीतिमा आबद्ध भएका उनले दुई कार्यकाल युवा संघ नगर सचिव, दुई कार्यकाल पार्टी वडा सचिव भएर कामको अनुभव बटुलेका छन् ।
निर्वाचनमा होमिएका उनीलाई घरदैलोमा निस्किइरहेको अवस्थामा स्थानीय बासिन्दाको आशीर्वाद थाप्न भ्यानभ्याई छ । युवा, वयस्क र वृद्धवृद्धाको रोजाइमा परेका उनले अबको पाँच वर्ष वडा सदस्य बनेर जनताको सेवा गर्ने योजना बनाएका छन् । वडालाई समृद्ध बनाउन आफ्नो पार्टीबाट वडाको उम्मेद्वारको टिमले प्रतिबद्धता सार्वजनिक गरेको उनले बताए । वडाको ब्यापार, कृषि र पशुपानलनको आधुनिकीकरणमा जोड दिँदै बेरोजगारी समस्यालाई शुन्यमा झार्न सकिने उनले खाका कोरेका छन् । देश–विदेशको अनुभव संगालेका दाहालले आफ्नो वडालाई समृद्ध र हराभरा बनाउने अठोट लिएका छन् ।
घरदैलो अभियानमा जुटेका उनलाई सबै उमेर समूहका मतदाताले निकै रुचाएका छन् । धेरै भन्छन्, ‘अरुलाई सहयोग गर्ने उदार मनका शेखरले भष्ट्राचार गर्दैन र सबैलाई समान व्यवहार गर्ने उनको स्वभाव छ ।’ उनलाई युवादेखि ज्येष्ठ नागरिकसम्मले जित्ने शुभकामना सहितको आशीर्वाद दिएका छन् ।
सबैको साथ र सहयोगले हौसिएका शेखरले आफ्नो पार्टीको टिमले चुनाव जिते पछि तत्कालै वडा कार्यालयको भवनका लागि जग्गा ब्यवस्थापन गर्ने बताएका छन् । त्यसैगरी सुशासन, युवाहरूको चाहना अनुसार खेलकुद मैदान ब्यवस्थापन, स्थानीय मन्दिरहरुको जगेर्ना गर्ने कार्यक्रम ल्याउन पहल गर्ने, सडकहरुको स्तरोन्नति, गरिबीको रेखामुनि रहेकाहरुलाई निःशुल्क खानेपानी, सुकुम्बासी स्थायी समस्या समाधान गर्न ठोस कामका लागि पहल गर्ने लगायतका कार्ययोजना एमाले उर्लाबारी वडा नं .४ का उम्मेद्वारहरुको टिमले अघि सारेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय