उर्लाबारी । मोरङको उर्लाबारी वडा नं. ७ मा साझा गठबन्धनको पक्षमा जनलहर देखिएको छ ।
आज उर्लाबारी नगरपालिकाका मेयरका उम्मेद्वार मानबहादुर श्रेष्ठ, उपमेयरका उम्मेद्वार टिकाकुमारी भट्टराई (शिला), वडाध्यक्षका उम्मेद्वार पवन चौधरी, सदस्यका उम्मेद्वारहरु सरोज बस्नेत, यामलाल रसाईली, शान्ति सुन्दास दर्जीसहितको टिमले गरेको घरदैलो कार्यक्रममा जनलहर देखिएको हो । उर्लाबारी वडा नं. ७ लाई समृद्ध वडा बनाउने संकल्पका साथ साझा गठबन्धनले लोकप्रिय ब्यक्तिहरुलाई उम्मेद्वार बनाएको छ । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीबीच गठबन्धन भएको छ । उर्लाबारी वडा नं. ७ मा मैथिली सेवा समाजका अध्यक्ष पवन चौधरीलाई वडाध्यक्षमा उठाएको छ भने सदस्यहरुमा दलित समूदायका अगुवा यामलाल रसाईली र युवा संचारकर्मी सरोज बस्नेतलाई उम्मेद्वार बनाइएको छ । तीन जना नेकपा माओवादी केन्द्रको तर्फबाट उम्मेद्वार बन्नु भएको छ ।
त्यस्तै, महिला सदस्यमा सिता पराजुली र दलित महिला सदस्यमा शान्ति सुन्दास दर्जीको पनि माहोल राम्रो देखिएको छ । उहाँहरु नेकपा एकीकृत समाजवादी पार्टीको तर्फबाट उम्मेद्वार बन्नुभएको हो । उक्त टिमको घरदैलो कार्यक्रममा पनि वडाबासीहरुको सकारात्मक प्रतिकृया पाइएको छ । समग्र वडाको विकासलाई प्राथमिकताको आधारमा अघि बढाउने प्रतिबद्धता गरेको उक्त टिमका उम्मेद्वारहरुको चर्चा निकै देखिएको छ । गठबन्धनका उम्मेद्वारहरुले जितेको खण्डमा ब्यक्तिगत र पार्टीगत स्वार्थभन्दा माथि उठेर ५ बर्ष जनताको सेवामा तल्लिन रहने वडा सदस्यको उम्मेद्वार सरोज बस्नेतले प्रतिबद्धता जाहेर गर्नुभयो । उहाँले जनताको गुनासो नआउने गरी काम गर्ने योजना रहेको सुनाउनुभयो । भोटका बेला मात्र होइन, अन्य समयमा पनि वडाबासीहरुको घरघरमा गएर गुनासो सुन्ने र सम्भव भएसम्म वडाबाटै र नभए उपल्लो निकायहरुमा विशेष पहल गर्ने योजना रहेको उहाँको भनाई छ । वडाध्यक्षका उम्मेद्वार पवन चौधरीले पनि पटक पटक एमाले र कांग्रेसलाई जिताउँदा वडाबासीको अपेक्षा पूरा नभएकाले यस पटक मौका दिन अपिल गर्नुभयो । नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य ममता राजवंशीसहित नेकपा माओवादी, नेकपा एकीकृत समाजवादीलगायतका प्रदेश, जिल्ला र नगरका नेताहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय