उर्लाबारी । निर्वाचनलाई प्रभावमा पार्न पैसा बाँड्ने र चुनाबी विकासका काम हुन थालेपछि तीन दलीय साझा गठबन्धन उर्लाबारीले नगरबासीहरुलाई सचेत रहन अपिल गरेको छ ।
आज हाम्रो साकोसमा भएको कार्यक्रममा बोल्दै नेकपा एकीकृत समाजवादीकी जिल्ला सदस्य सर्सू गुरुङले चुनाबी विकास र पैसा बाँडेर चुनाब जित्ने कसैले सपना देखेको छ भने त्यो भ्रमपूर्ण भएको बताउनुभयो । उर्लाबारीको विभिन्न स्थानहरुमा गिट्टी हाल्ने, होमपाइम हाल्ने, पैसा बाँड्ने जस्ता कार्यहरु भइरहेको प्रमाण फेला परेको भन्दै त्यसप्रति नगरबासी सचेत रहनु पर्ने उहाँको भनाई छ । भोट पैसा वा निर्वाचन केन्द्रीत विकास गर्दैमा दिने कुरा नभएको उल्लेख गर्दै उहाँले भन्नुभयो –‘पैसा बाँडे खाइदिनु, भोट चाँही असल नेतृत्वलाई हालिदिनु ।’
उर्लाबारी नगरपालिकाको मेयरमा मानबहादुर श्रेष्ठ र उपमेयरमा टिकाकुमारी भट्टराई (शिला) ले जित्ने जनलहर तयार भएको उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय