उर्लाबारी । उर्लाबारी नगरपालिकाका मेयरका उम्मेद्वार मानबहादुर श्रेष्ठले कुनै पनि सेवा सुविधा नलिने घोषणा गर्नुभएको छ ।
उर्लाबारी नगरबासीले आफूलाई मेयरमा निर्वाचित गरेको खण्डमा सेवा सुविधा, गाडी, तेल, सवारी चालकलगायत कुनै पनि सेवा सुविधा नलिने घोषणा गर्नुभएको हो । उहाँले सेवा सुविधाबाट प्राप्त सबै नगरभित्र रहनु भएका आर्थिक रुपमा पछाडि परेका परिवार, जेष्ठ नागरिक, अपाङ्गता, असाहयको हितमा खर्चिने प्रण गर्नुभयो । उर्लाबारीलाई घोषणा पत्र वा कागजमात्रै समृद्ध होइन वास्तविक रुपमा सबै नगरबासीले महशुस गर्ने गरी समृद्ध बनाउने उहाँले संकल्प गर्नुभयो । आफु मेयर नहुँदा पनि नगरकै हितमा क्रियाशिल रहेको उल्लेख गर्दै उहाँले नगरवासीले विश्वास गरेर मतदान गर्नुभयो भने सामान्य झुपडीदेखि महलमा बस्नेसम्मले महशुस गर्ने गरी काम गर्ने प्रतिबद्धता जाहेर गर्दछु ।’ आफु निर्वाचित भए नगरपालिकाबाट कसैलाई पनि विभेदको नजरले नहेर्ने र आवश्यकताको आधारमा विकास निर्माण कार्यक्रम अघि बढाउन लागि पर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय