उर्लाबारी । मोरङको उर्लाबारी–१ को मतगणना जारी छ । उर्लाबारी वडा नं. १ मा ४ सय २ मत गनिसक्दा नेकपा एमालेमा गंगाप्रसाद खरेलले निरन्तर अग्रता कायम गरिरहनु भएको छ । खरेलले १ सय ३९ मत पाउनु भएको छ भने साझा गठबन्धनका मानबहादुर श्रेष्ठले १ सय ३ मत पाउनु भएको छ । त्यस्तै, नेपाली काग्रेसका निवर्तमान मेयर खड्ग फागोले ६९ मत पाउनुभएको छ ।
त्यस्तै, उपमेयरमा नेकपा एमालेतर्फबाट मिना पौडेलले १४४, नेपाली कांग्रेसतर्फबाट सीता कार्कीले ६८ मत र साझा गठबन्धनबाट शिला भट्टराईले ४४ मत ल्याउनुभएको छ । त्यस्तै, वडाध्यक्षमा नेकपा एमालेतर्फबाट तिलक पाण्डेले १ सय ३२, साझा गठबन्धनबाट मचिन्द्र कार्की ९१ र नेपाली कांग्रेसतर्फबाट गोविन्द भट्टराईले ७७ मत पाउनुभएको छ । उर्लाबारी वडा नं. १ नेकपा एमालेको लालकिल्लाको रुपमा मानिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय