उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकाको कार्यपालिका निर्वाचनमा नेकपा एमालेको मात्र उम्मेदवारी परेको छ । पाँच जना महिला र तीन जना दलित, अल्पसंख्यक तर्फ एमालेको मात्र उम्मेदवारी परेपछि उनीहरु निर्विरोध निर्वाचित हुने भएका हुन् ।
एमालेले दलित, अल्पसंख्यक तर्फ उर्लाबारी ७ का कृष्ण वर्देवा, उर्लाबारी ८ का सुनिल धिमाल र उर्लाबारी ९ का डम्बर भुजेललाई कार्यपालिकामा लगेको छ । यस्तै महिला कार्यपालिका सदस्यमा वडा नं १ कि सन्तकुमारी विश्वकर्मा, वडा नं २ कि सीता बुढाथोकी डाँगी, वडा नं ४ कि कृष्णमाया कडरिया, वडा नं ७ कि मनमाया तामाङ र वडा नं ८ की कल्पना कामी रोक्काको उम्मेदवारी परेको छ ।
एमालेको मात्र उम्मेदवारी परेकाले उनीहरु नै कार्यपालिका सदस्य बन्नेछन् । वैशाख ३० गतेको निर्वाचनमा एमालेले मेयर, उपमेयरसहित बहुमत प्राप्त गरेपछि काँग्रेसले कार्यपालिकामा उम्मेदवारी दिएन । त्यस्तै, न्यायपालिका पनि एमालेकै बन्ने देखिएको छ । उपप्रमुख नेतृत्वमा ३ सदस्यीय न्यायपालिका गठन हुनेछ । यसअघि एमालेको बहुमत रहेको भएपनि एक जना कांग्रेसबाट न्याय पालिकामा राखिएको थियो । तर, यस पटक सहमतिमै न्यायपालिकामा प्रतिनिधि पाएपनि नपठाउने कांग्रेस स्रोतले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय