उर्लाबारी । राष्ट्रिय युवा संघ उर्लाबारीका नगर सचिब अनिल धिमालले पूर्व सहमति विपरीत आफुलाई कार्यपालिका सदस्यमा उम्मेद्वार नबनाएको भन्दै आपत्ती जनाउनुभएको छ ।
उहाँले सामाजिक सञ्जालमार्फत नेकपा एमालेका नगरअध्यक्ष गंगाप्रसाद बास्तोला र नेता पुष्प ढकालले कार्यपालिका सदस्यमा अघि बढाउने आश्वासन दिएपनि संविधानसभाका सदस्य पर्तमान धिमालका छोरा सुनिल धिमाललाई अल्पसंख्यक कोटामा उम्मेद्वार बनाएपछि आपत्ती जनाउनुभएको हो । उर्लाबारी वडा नं. ८ मा समावेशी नभएको भन्दै अनिल धिमालले वडा सदस्य पदमा स्वतन्त्र उम्मेद्वारी दिनुभएको थियो । पार्टीले उचित मूल्यांकन गर्ने भन्दै नगरअध्यक्ष बास्तोलासहितको टिमले कार्यपालिका सदस्यमा लैजाने सहमति गरेको भएपनि धोका दिएको सचिब धिमालले सामाजिक सञ्जालमा पोष्ट गर्नुभएको छ । उर्लाबारी वडा नं. ८ को प्रभावशाली युवाको रुपमा उदाउँदै गर्नुभएका अनिलले सामाजिक सञ्जालमा यस्तो लेख्नुभएको छ ।
राष्ट्रिय युवा संघ नेपाल,नेपाल लोकतान्त्रिक धिमाल संघ नगर कमिटीमाथी धोका भयो । सन्दर्भ आसन्न २०७९ साल बैशाख ३० गते स्थानीय निर्वाचनमा उर्लाबारी नगरपालिका वार्ड नं. ८ उम्मेद्वारीमा समावेशी नभएकोले मैले स्वतन्त्र रूपमा मैले उम्मेद्वारी दिएको थिए । उम्मेद्वारीको बिषय लिएर नेकपा एमाले नगर पार्टी अध्यक्ष क. गंगा बास्तोला र क्षेत्रका इन्चार्ज क. पुष्प ढकालले मेरो स्वतन्त्र उम्मेद्वारी फिर्ता सर्तसहित कार्यपालिकामा लाने वचन दिनु भएको थियो । तर, वचन पूरा गर्नु सक्नु भएन । अब वहाँहरुबाट तमाम कार्यकर्ताले कसरी बिश्वास गर्ने, उर्लाबारी जनसमुदाय के कस्तो अपेक्षा लिने राजनीतिको नाममा दलाली गर्ने अधिकार कस्ले दियो ? उर्लाबारीका जनसमुदयलाई झुकाउने कहिलेसम्म हो उर्लाबारी जनसमुदाय हेर्ने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय