सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठको सचिवालयले मन्त्री श्रेष्ठमाथि हातपात नभएको बताएको छ । बिहीबार मन्त्री श्रेष्ठको सचिावलयले एक विज्ञप्ति जारी गर्दै मन्त्री श्रेष्ठमाथि हातपात र चर्काचर्की नभएको स्पष्ट पारेको हो ।

मन्त्री श्रेष्ठको कार्यकक्षमा भएको भेटघाट र त्यहाँ हातपात भएको भन्ने समाचारबारे सचिवालयको ध्यानकर्षण भएको बताउँदै मन्त्री श्रेष्ठको निजी सचिवालयले भ्रामक समाचारप्रति दुःख व्यक्त गरेको छ । उक्त भेटघाट कार्यक्रममा तराई मधेश समृद्धि कार्यक्रम र पालिकाहरुमा स्थानीय पूर्वाधार विकास कार्यक्रमबारे नियमित छलफल भएको जानकारी समेत विज्ञप्तिमा दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय