इलाम । इलामको चुलाचुली गाउँपालिका–१ स्थायी घर भएकी २४ वर्षीया हिमादेवी खड्का न्यौपाने हराएको पाँच दिन बितिसक्दा पनि फेला पर्न सकेकी छैनन्।
एक छोरीकी आमा रहेकी हिमा गत शुक्रबार दिउँसो करिब १ बजे घरबाट निस्किएपछि परिवारको सम्पर्कमा आएकी छैनन्। परिवारले आफन्त, चिनजानका व्यक्ति तथा सम्भावित स्थानमा खोजी गर्नुका साथै प्रहरीमार्फत समेत खोजी जारी राखे पनि हालसम्म उनको अवस्था पत्ता लाग्न सकेको छैन। परिवारका अनुसार प्रहरी तथा आफन्तको सहयोगमा विभिन्न स्थानमा खोजी गर्दा पनि हिमाबारे कुनै जानकारी प्राप्त हुन सकेको छैन। लामो समयसम्म सम्पर्कविहीन भएपछि परिवार थप चिन्तित बनेको छ। हिमालाई देख्नुहुने, भेट्नुहुने वा उहाँको अवस्थाबारे कुनै जानकारी हुने महानुभावलाई तत्काल ९७४७९८०६३४ नम्बरमा सम्पर्क गरिदिन परिवारले हार्दिक अनुरोध गरेको छ। परिवारले हिमाको खोजीमा सहयोग गरिदिन सबैमा अपिलसमेत गरेको छ।























