काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र दुबईका राजकुमार जुमा अल मोक्तुमबीच भेटवार्ता भएको छ । मेडिकल व्यवसायी तथा एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई नक्कली ‘सुनको लौरो’ उपहार दिएर नेपालमा चर्चामा आएका मोक्तुम र ओलीबीच आज भेटवार्ता भएको हो ।

व्यवसायी प्रसाईंको निमन्त्रणामा नेपाल भ्रमणमा आएका मोक्तुमले एमालेका अध्यक्ष केपीशर्मा ओलीसँग भेट गरेका हुन् । उनले आज ओली निवास बालकोटमा भेट गरका हुन् ।

एमाले अध्यक्ष ओलीले सामाजिक संजाल ट्वीटरमा मोक्तुमसंगको भेटको फोटोसहित पोष्ट गर्दै नेपाल भ्रमणमा आएका दुबईका राजपरिवारका सदस्यलाई आफ्नो निवासमा स्वागत गर्न पाउँदा आफू हर्षित भएको उल्लेख गरेका छन् । ओलीले हाम्रा जनताको आर्थिक विकास, समृद्धि र खुसीका विषयमा विचार आदान-प्रदान भएको जानकारी दिएका छन् ।

मोक्तुमले प्रसाईंलाई उपहार दिएको लौरो सुनको नभएको बताइएको छ । मोक्तुमले प्रसाईंलाई केहीदिनअघि मात्र झापास्थित चन्द्रगढी विमानस्थलमा सुनको जस्तै देखिने लौरो उपहार दिएका थिए । उपहारमा पहेँलो लौरो प्राप्त भएपछि उक्त लौरो सुनको भएको अनुमान गरिएतापनि सुनको जलप लगाइएको लौरो भएको जानकारी प्राप्त भएको थियो ।

गृह मन्त्रालयको निर्देशनमा उनका औपचारिक कार्यक्रममा रोक लगाइएको थियो । उनको निजी भ्रमण भएकाले कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागी हुन रोक लगाइएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय