उर्लाबारी । मोरङको उर्लाबारी–५ को झुम्रामा पुल निर्माण नहुँदा बर्षाको समयमा राम्री खोलामा आउने बाढीको कारण स्थानीयले सास्ती खेप्दै आएका छन् ।
राम्री खोलामा बाढी आएपछि स्लाप पुलमाथीबाट पानी बग्ने गरेको छ । स्लाप पुलमाथीबाटै पानी बग्ने भएका कारण आवातजावातमा समस्या हुने गरेको स्थानीय यज्ञ कटुवालको भनाई छ । उर्लाबारी नगरपालिकाले यसअघि नै गौरबको योजनामा झुम्रा पुललाई राखेपनि निर्माण कार्य अघि बढ्न सकेको छैन । स्थानीय, प्रदेश र संघीय सरकारले यसप्रति चासो नदिएको भन्दै स्थानीयले ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय