काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्री पद छोड्नुपर्दा मन्त्रालयमा सबैका अगाडि रुन थाल्नुभयो ।

मन्त्रालयबाट बिदा लिने बेलामा उहाँका आँखा आँशुले भरिए ।

नेकपा एकीकृत समाजवादी पार्टीले नेकपा (एमाले) सँग पार्टी विभाजन गरेर दर्ता गरेपछि रामकुमारी झाँक्रीलाई मन्त्री नियुक्त गरेको थियो ।

यही २२ जेठमा चार मन्त्रीलाई फिर्ता बोलाउँदै नयाँ टिम सिफारिस गरेर राजीनामा दिन दवाव दिँदै आएको थियो । तर मन्त्रीहरुले आफूहरुले बनाएको बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन चाहेकाले केही समय रहने अडान राख्नुभएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवा पनि सहमत भएपछि उहाँहरु हट्नुभएन ।

तर पार्टीभित्र ठूलै कमजोरी गरेकाहरु जस्तो गरेर आजै र भोलि नै राजीनामा गर्न दवाव दिइयो । शनिबार एकीकृत समाजवादीले अब पर्खिन नसक्ने भन्दै तत्काल सपथ गराउन प्रधानमन्त्रीलाई आग्रह गर्‍यो । त्यसको भोलिपल्ट राष्ट्रियसभामा जवाफ दिएकी मन्त्री झाँक्रीले आजै पदबाट राजीनामा दिनुभयो । त्यसअघि मन्त्रालयले ‘पत्रकार सम्मेलन र फेरि भेटौंला’ कार्यक्रम राखेको थियो ।

कार्यक्रममा झाँक्री निकै भावुक बन्नुभयो । मन्त्रालयका कर्मचारीले ८ महिना २० दिनमा गरेको कामको फेहरिस्त सुनाउँदा उहाँले निरन्तर आँशु झारिरहनुभयो । उहाँले सञ्चारकर्मीको प्रश्न लिनुभयो, तर असहज भएको भन्दै जवाफ दिन सक्नुभएन । छोटो प्रतिक्रिया दिनुभएकी एकीकृत समाजवादीकी सचिव समेत रहनुभएकी झाँक्रीले गत चैतमा नै मन्त्री फेर्न चाहेको थाहा पाएपछि पूर्व जानकारी दिन आग्रह गरेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय