काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १४६७ जनामा पिसिआर परिक्षण गर्दा ३५ जना र १३४७ जनामा एन्टीजेन परिक्षण गर्दा १५ जना गरी जम्मा २८१४ नमुनाको परीक्षण गर्दा ५० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ९ लाख ६७ हजार ४८० जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट कसैको मृत्यु भएको छैन । हालसम्म कोरोना संक्रमणवाट ११९५२ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा ५७ लाख ५९ हजार ५६५ पिसिआर परीक्षण भएको छ भने १२ लाख २९ हजार ८६० एन्टीजेन परीक्षण गरिएको छ भने क्वारेन्टाइनमा कोही पनि बसेका छैनन् । हाल देशभर २९७ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।

आजसम्म १ करोड ९७ लाख ९६ हजार ७१० जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने २ करोड ३ लाख ३८ हजार ३३४ जनाले पूर्ण मात्रा खोप लगाउनुका साथै ६४ लाख ७४ हजार ८६ जनाले अतिरिक्त मात्र खोप लगाइसकेकाले जम्मा ५ करोड ५५ लाख ८४ हजार ७७० मात्रा कोरोना खोप लगाई सकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय