उर्लाबारी । प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन मंसिर ४ गते हुने भएको छ । सत्ता गठबन्धन दलहरुबीच मंसिर ४ गतेका लागि सहमति भइसकेको छ । अब मन्त्रीपरिषद्को बैठकबाट मितितय गर्न बाँकी छ ।
प्रदेश र प्रतिनिधिसभामा उम्मेद्वार बन्न चाहने नेताहरुको चहल पहल बढेको छ । कार्यकर्ता भेटघाट होस् वा माथिल्लो तहका नेताहरुसँग भेटघाट बाक्लिएको छ । यसैक्रममा मोरङ क्षेत्र नं. १ (क) बाट नेपाली कांग्रेसका नेता अर्जुन तुम्रोकले पनि प्रदेश सांसदको उम्मेद्वार बन्ने आकांक्षा राख्नुभएको छ । नेपाली कांग्रेस प्रदेश नं. १ को सदस्यसमेत रहनुभएका तुम्रोकले आफुलाई पार्टीले योग्य ठानेर उम्मेद्वार बनाएको खण्डमा जित्ने दाबी गर्नुहुन्छ । उहाँले प्रदेश सांसदमा जितेपछि आफुले पाउने सेवा सुविधा पनि जनहितमा प्रयोग गर्ने बताउनुभएको छ । भ्रष्टचारमुक्त समाज निर्माणमा सशक्त रुपमा आफुले भूमिका निर्वाह गर्ने उहाँको भनाई छ । सेवाको भावनाले राजनितिमा लागेको उहाँले बताउनुभयो । सहयोगी भावनाका तुम्रोक सामाजिक सेवामा पनि उत्तिकै सक्रिय रहनु भएको छ । जहाँ समस्या पर्छ, त्यहाँ तुम्रोकले सहयोग गर्दै आउनु भएको छ । तुम्रोक उर्लाबारीमा विविध कारणले चर्चामा आइरहने व्यक्ति पनि हुनुहुन्छ । सामाजिक कार्यहरुमा उहाँ निकै सक्रिय रहँदै आउनुभएको छ । अशक्त, दिनदुःखीको मद्दतमा अग्रसर रहँदै आउनुभएका तुम्रोकस्पष्ट वक्ताको रुपमा पनि चिनिनुहुन्छ ।
यसअघि कांग्रेस पार्टीमा हुँदा कमजोर रहनुभएका तुम्रोक फोरममा लागेपछि उहाँले शक्ति आर्जन गर्नुभएको छ । उहाँ २०७० सालमा फोरमको समानुपातिकतर्फका सांसद पदका उम्मेदवार समेत बन्नुभएको थियो । कांग्रेसभित्र उहाँ गच्छदार समूहको मुख्य सदस्यको रुपमा समेत लिने गरिएको छ । अर्जुन तुम्रोक २०५६ सालदेखि कांग्रेसमा लाग्नुभएको थियो । २०६० सालमा शेरबहादुर देउवाले पार्टी फुटाएपछि उहाँ कांग्रेस प्रजातान्त्रिकमा लाग्नुभएको थियो । पछि पार्टी एकीकरण भएपनि पार्टीभित्र सशक्त रुपमा उदाउन सक्नुभएको थिएन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय