उर्लाबारी । मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा मोरङको उर्लाबारीका सामाजिक ब्यक्तित्व पूर्ण वाइबा पनि उम्मेद्वार बन्दै हुनुहुन्छ । सामाजिक क्षेत्रमा उचो छबी बनाउनु भएका वाइबा समाज रुपान्तरणका लागि मोरङ क्षेत्र नं. १ (क) बाट प्रदेशसभा सदस्यको उम्मेद्वार बन्ने तरखरमा हुनुहुन्छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट प्रदेश सांसद बन्ने दौडमा वाइबा अघि बढिसक्नुभएको छ । देशभरी राप्रपाको पक्षमा माहोल बढिरहेको र सामाजिक क्षेत्र उच्च छबी बनाउनु भएका वाइबालाई उम्मेद्वार बनाएपछि कार्यकर्तामात्र होइन क्षेत्रबासी नै उत्साहित बनेका छन् । पार्टीभन्दा माथि उठेर समाजको हितमा सोच्ने वाइबालाई यस पटक सबैले मतदान गर्नु पर्ने धारणा राख्न थालेका छन् । राप्रपाको प्रदेश नं. १ को सदस्यसमेत रहनुभएका वाइबाको नेतृत्वमा चर्चित बाल गायक अशोक दर्जीको घर निर्माण भएको थियो । जग्गा खरिद गरी गायक दर्जीको घर बनाउन दिनरात वाइबा खट्नुभयो । यतिमात्र होइन अशोककै साथी टिकाराम धिमाल भुईकटरेको घर पनि वाइबाको नेतृत्वमा बन्यो । दर्दानक अवस्थामा फेला परेको धिमाल परिवारका लागि दमकमै जग्गा खरिद गरेर घर बनाउन वाइबाको महत्वपूर्ण भूमिका रह्यो । आफ्नै निजी पैसाबाट घर निर्माण थाल्नु भएका वाइबाले देशविदेशबाट रकम संकलन गरेर घर बनाई छोड्नु भयो । यी त केही उदाहरणमात्र हुन् । उहाँले धेरै समस्यामा परेका बिरामीहरुको उपचारमा आफ्नो निजी रकमसमेत खर्च गर्नुभएको छ । भूकम्प, नाकाबन्दी, कोरोनाकाल, बाढिपहिरो, विभिन्न दुर्घटना, बिरामीलगायतका विभिन्न विपत्ति एवं घटनाहरु हुँदा होस वा अन्य सामाजिक क्रियाकलापमा उहाँ तत्काल आवश्यक सहयोगमा जुटिहाल्नुहुन्छ । रोजगारीको शिलशिलामा हङकङमा हँुदासमेत उहाँले धेरैलाई सहयोग गर्नुभएको छ । उर्लाबारी परिवार हङकङको स्थापना गरेर उहाँले त्यहाँ रहेका नेपालीहरुलाई समस्या पर्दा साथ र सहयोगको साथै नेपालका विभिन्न भागमा विपत्ति तथा बिरामीहरुको उपचारमा सहयोग गर्नुभएको थियो । उहाँ उर्लाबारी परिवार हङकङको संस्थापक अध्यक्षसमेत हुनुहुन्छ । वाइबाकै नेतृत्वमा उर्लाबारी–५ न्यूरोडमा पेबल सडक निर्माण भयो भने भुकुटी मार्ग सडक कालोपत्रेको उपभोक्ता समितिको संयोजक भएर काम गर्नुभएको छ । यी यस्ता धेरै काम गरिसक्नुभएका वाइबा प्रदेशसभा सदस्य भएर थप जनहितमा काम गर्ने चाहना राख्नुभएको छ । मिलनसार स्वभावका वाइबा यस पटक प्रदेश सभा सदस्यका लागि बलियो उम्मेद्वार मानिनुभएको छ । सबैको साथ र सहयोग पाएको खण्डमा विजयी हुनेमा उहाँ आशावादी हुनुहुन्छ । ‘हिजो पनि जनहितमै काम गर्न खटिए’ उहाँले भन्नुभयो–‘प्रदेशसभा सदस्य हुँदा पनि मेरो काम त्यही हो ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!