उर्लाबारी । मोरङको उर्लाबारी–६ स्थित राधिका माध्यमिक विद्यालयले गुणस्तरिय शिक्षामा जोड दिइरहेको छ ।
२०२५ सालमा स्थापना भएको राधिकामा शिशु कक्षादेखि १२ कक्षासम्म र प्राबिधिक तर्फ कृषि बिषयको पढाई हुँदै आएको छ । यस विद्यालयमा करिब २ हजार ५ विद्यार्थी अध्ययनरत रहेका छन् । मंगलबार विद्यालयले ५४ औं बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालयलाई सु–व्यवस्थित र शैक्षिक हवका रुपमा निर्माण गर्नका लागि लागि परेको प्रधानाध्यापक कुमार पोख्रेलले जानकारी दिनुभयो । जिम्मेवार शिक्षक, अनुशासित विद्यार्थी र अभिभावको निरन्तर सहयोग तथा निगरानीका कारण विद्यालयको शैक्षिक सुधार सम्भव भएको उहाँको भनाई छ । वर्षेनी दुई÷तीन सय विद्यार्थी निजी विद्यालय छाडेर आफ्नो विद्यालयमा आउने गरेको उहाँको भनाई छ ।
विद्यालयमा ५ कक्षादेखि कक्षा १२ सम्म अंग्रेजी र नेपाली दुवै माध्यममा पठनपाठन हुँदै आएको छ । शिशु कक्षादेखि कक्षा ४ सम्म बेग्लै ब्लग छ ।
कक्षा ११ र १२ मा , मानविकी, व्यवस्थापन, शिक्षा,बाली विज्ञान, कानुन र विज्ञानको पढाइ भइरहेको विद्यालयले जनाएको छ । २०६६ सालदेखि उच्च मावि तहको पढाइ सुरु भएको थियो । शिक्षा विभागले ल्याएको एक निर्वाचन क्षेत्र एक नमूना विद्यालय कार्यक्रममा यो विद्यालय पनि छनोट भएको थियो ।
व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर राईले अभिभावक, विद्यालय व्यवस्थापन समिति र शिक्षकहरुको लगातारको मिहिनेतका कारण विद्यालयको सुधार सम्भव भएको बताउनुभयो । ‘अभिभावकको निरन्तर निगरानी, विद्यालय व्यवस्थापन समितिको खटनपटन एवम् जिम्मेवारी वोध तथा शिक्षकहरुमा आएको सेवा भावकै कारण विद्यालयको शैक्षिक सुधार सम्भव भएको हो’ अध्यक्ष राईले भन्नुभयो । विद्यालयमा शैक्षिक सुधारसँगै निजी विद्यालय छाडेर भर्ना हुन आउनेको संख्या बढेको उहाँको भनाइ छ ।
समय समयमा विद्यालयको अवलोकन भ्रमणका लागि जिल्ला भित्र र बाहिरका विभिन्न विद्यालयको टोली आउने गरेको विद्यालयका सहायक प्रधानाध्यापक रुद्रप्रसाद न्यौपानेले बताउनुभयो । जिल्ला स्तरमा सञ्चालन हुने विद्यालयस्तरीय खेलकुद, सांस्कृतिक तथा साहित्यिक कार्यक्रमहरुमा समेत सो विद्यालयले राम्रो नतिजा ल्याउँदै आएको छ ।
सो विद्यालयले खेलकुदलाई प्रोत्साहन गर्न छुट्टै खेल शिक्षकको व्यवस्था गरेको छ । प्रदेश १ सरकारको सहयोगमा १ जना विद्यालय नर्सको ब्यवस्थापन र व्विद्यालयले खेलकुदलाई प्रोत्साहन गर्न छुट्टै खेल शिक्षकको व्यवस्था गरेको छ । विद्यालयमा रहेको हेल्थ डेस्कले विद्यार्थीको सामान्य स्वास्थ्य परीक्षण, अत्यावश्यक औषधि वितरण तथा स्वास्थ्य सरसफाइ र महिनावारी भएको बेला सहयोग गर्ने गरिएको छ । विद्यालयमा अहिले सरकारी दरबन्दीमा रहेका ४२ सहित जम्मा ९१ जना शिक्षक कर्मचारी कार्यरत रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय