उर्लाबारी । संविधान दिवसको अवसरमा प्रत्येक बर्ष मोरङको उर्लाबारीमा हुँदै आएको ‘उर्लाबारी रन २०७९’ यस बर्ष ऐतिहासिक बनेको छ ।
सामुदायिक विकास मञ्च उर्लाबारी–६ को आयोजनामा भएको उर्लाबारी रनको क्रेजसँगै पुरस्कार राशीसमेत बढेको छ । उर्लाबारी नगरपालिकाका मेयर गंगाप्रसाद खरेलले रन कार्यक्रमको उद्घाटन गर्नुभयो । १० किलोमिटर उर्लाबारी रनको उपाधि धरानका राजकुमार शेर्मा र धरानकै छेन्बीमाया राईले जित्नुभयो । पुरुषतर्फ शेर्माले निर्धारित दुरी ३२ मिनेट ३२ सेकेण्डमा पार गर्नुभएको थियो । यस्तै, पुरुषतर्फ दोस्रो अर्घाखाँचीका शिव रायमाझी ३३ मिनेट २१ सेकेण्ड, तेस्रो काठमाडौंका मिलन कार्की ३३ मिनेट ३८ सेकेण्ड र चौंथो काठमाडौंकै टंकबहादुर कार्की ३४ मिनेट २३ सेकेण्डमा पार गर्नुभयो ।
महिलातर्फ प्रथम हुनुभएकी राईले ४३ मिनेट ३५ सेकेण्डमा उक्त दुरी पार गर्नुभयो भने दोस्रो कल्पना राई, तेस्रो जमुना लिम्बू र चौंथो निक्की नेम्बाङ हुनुभयो । पुरुष र महिला खुलातर्फ प्रथम, दोस्रो, तेस्रो र चौंथोले क्रमशः २५ हजार, १५ हजार, १० हजार र ५ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो । यस्तै, भेट्रान पुरुषतर्फ मंगल तामाङ प्रथम, हेमन्तप्रसाद लावती दोस्रो, मनिराज याक्खा तेस्रो र निर्मल राई चौंथो हुनुभयो । भेट्रान महिलातर्फ मन्जु श्रेष्ठ प्रथम, चतनु राई दोस्रो र नानीमाया धिमाल तेस्रो हुनुभयो । भेट्रानतर्फ प्रथम, दोस्रो, तेस्रो र चौंथोले क्रमशः १० हजार, ७ हजार, ५ हजार र ३ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र वितरण गरियो ।
यसैगरी, १५ वर्षमुनिका बालबालिकातर्फ ३ किलोमिटर दौडमा बालिकातर्फ नानीमाया तामाङ प्रथम, प्रतिमा धिमाल दोस्रो, अविशा धिमाल तेस्रो, मन्जु लिम्बू चौंथो र शिवानी पौडेल पाँचौं हुनुभयो । बालकतर्फ सन्दिप तुम्बापो प्रथम, अमन राई दोस्रो, सरोज सिंह तेस्रो, करन लिम्बू चौंथो र राजेश लिम्बू पाँचौं हुनुभयो । बालक र बालिकातर्फ विजेताहरुले क्रमशः ५ हजार, ४ हजार, ३ हजार, २ हजार र १ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय