उर्लाबारी । झापा र इलामको सिमा क्षेत्र रतुवाखोलाको पुलमा एक ब्यक्तिको विभत्स हत्या भएको छ ।
ईलामको चुलाचुलीका युवाहरुको खुकुरी प्रहारबाट दमकको वेलडाँगीमा रहेको भूटानी शरणार्थी शिविर वेलडाँगीमा बस्ने एलबी गुरुङ नामले चिनिने ४६ बर्षीय लालबहादुर गुरुङको हत्या भएको हो । आज अपरान्ह साढे ४ बजे तिर धारिलो हतियार प्रहार भएको प्रहरीले जनाएको छ । गुरुङको खुट्टा र हातमा गहिरो चोट लागेको थियो । गुरुङको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ । गुरुङमाथि दमक र ईलामको चुलाचुली जोड्ने झोलुङे पुल पारि पट्टि हतियार आक्रमण भएको ईलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरिक्षक दिपिल गिरीले जानकारी दिनुभयो । गम्भिर घाईते गुरुङलाई लाइफलाइन अस्पताल ल्याईएकोमा उपचार सम्भव नभएपछि विर्तामोड स्थित वीएनसी अस्पतालमा लगिएको थियो । गुरुङको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । गुरुङलाई आक्रमण गर्ने युवाहरुको पहिचान भईसकेको भन्दै अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । गुरुङ यस अघि पटक पटक जेल सजाय भोगेर केही समय अघि शरणार्थी शिविरमा आएका थिए । गुरुङ चुलाचुली क्षेत्रका यूवाहरुसँग झगडा गर्न त्यस तर्फ गएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । गुरुङको हात र खुट्टामा गहिरो चोट लागेको थियो । मृतक गुरूङको श्रीमति र एक जना छोरा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय