उर्लाबारी,  उर्लाबारीस्थित सञ्चार क्लब नेपालले शुक्रबार इलाका प्रशासन कार्यालय, उर्लाबारी-२ अगाडि धर्ना कार्यक्रम सम्पन्न गरेको छ । सरकारद्वारा गरिएको विभेदकारी निर्णय खारेजीको माग गर्दै नेपाल पत्रकार महासंघले देशव्यापी रूपमा सञ्चालन गरिरहेको आन्दोलनको कार्यक्रमअन्तर्गत आज क्लबको अगुवाईमा धर्ना कार्यक्रम सम्पन्न भएको हो।
महासंघको पूर्वघोषित कार्यक्रमअन्तर्गत क्लबले एक्यवद्धता जनाउदै सो कार्यक्रम आयोजना गरेको हो ।
धर्नामा पूर्वी मोरङका पत्रकारहरू सहभागि भएका थिए। पूर्वज्योती साप्ताहिकका सम्पादक तथा अग्रज पत्रकार जगन्नाथ भट्टराईले प्रेस स्वतन्त्रता र सञ्चार क्षेत्रको सम्मान कायम गर्न सरकारसँग विभेदकारी निर्णय तत्काल फिर्ता लिन माग गरेका छन्। उनले सञ्चार क्षेत्रलाई कमजोर बनाउने कुनै पनि निर्णय स्वीकार्य नहुने बताउदै पत्रकारहरूको हक, अधिकार र पेशागत सुरक्षाको सुनिश्चितता गर्न सरकारलाई आग्रह गरेका छन्।
कार्यक्रममा सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ मोरङका पूर्व उपाध्यक्ष मोहन भट्टराईले माग पूरा नभएसम्म आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने जनाएका छन् ।
कार्यक्रममा क्लवका अध्यक्ष घनश्याम भण्डारी, पत्रकार महासंघ मोरङका सदस्य कुमार खड्का र तिलक नेपाली, क्लवका महासचिव पुजन दास, तथा पदाधिकारी लगायत स्थानीय पत्रकारलगायतको सहभागिता रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय