उर्लाबारी । मोरङको मिक्लाजुङ गाउँपालिका–८ ले ज्येष्ठ नागरिकको सम्मान तथा सहयोगका लागि विशेष कार्यक्रम आयोजना गर्दै १ सय ५० जना ज्येष्ठ नागरिकलाई लौरो वितरण गरेको छ । वडाध्यक्ष पूर्णबहादुर कुँवर (प्रवेश) ले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने ज्येष्ठ नागरिकलाई लौरो हस्तान्तरण गर्नुभएको हो ।
कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूलाई बैसाखीसमेत वितरण गरिएको थियो । ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूको दैनिकी सहज बनाउने उद्देश्यले सामग्री वितरण गरिएको वडा सचिब मञ्जु पाण्डेको भनाई छ । वडाध्यक्ष कुँवरले ज्येष्ठ नागरिक समाजका अभिभावक भएकाले उनीहरूको सम्मान र सुरक्षालाई प्राथमिकतामा राखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “उमेर बढ्दै जाँदा हिँडडुलमा कठिनाइ हुने भएकाले ज्येष्ठ नागरिकलाई केही राहत पुग्ने विश्वासका साथ लौरो वितरण गरेका हौं । स्थानीय सरकार नागरिकको आवश्यकता र समस्याप्रति संवेदनशील छ र आगामी दिनमा पनि यस्ता सहयोगमूलक कार्यक्रमलाई निरन्तरता दिनेछौं । ” स्थानीयवासीले वडाको पहलले ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई प्रत्यक्ष सहयोग पुगेको भन्दै खुसी व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय