उर्लाबारी । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) की केन्द्रीय सदस्य ममता ताजपुरियाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीमा जुट्न आफ्नो दलका नेता–कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
आज उर्लाबारी नगर कमिटीको बैठकमा सम्बोधन गर्दै उहाँले सो निर्देशन दिनुभएको हो । उहाँले मङ्सिर ४ गते हुने निर्वाचनमा माओवादीका उम्मेद्वारहरुलाई जिताउने गरी तयारी गर्न निर्देशन दिनुभएको छ । प्रदेश नं. १ सँग प्रदेशभरीका पालिकाले हरेक महिनाको ७ गते पूर्ण बैठक बसाउने संकल्प गरे अनुसार उर्लाबारी नगर पार्टीको पूर्ण बैठक सम्पन्न भएको छ । बैठकले वडा कमिटीलाई प्रभावकारी रुपमा अघि बढाउन संकल्प अभियान कार्यक्रम भएको छ । बैठकमा प्रदेश सदस्य प्रवेश धिमाल र जिल्ला सदस्य पदम राईको आतिथ्यतामा रहेको थियो । बैठकको अध्यक्षता नगर अध्यक्ष गजेन्द्र दंगालले गर्नुभयो भने सञ्चालन सचिब पवन चौधरीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय