उर्लाबारी । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेको विरोधमा सत्ता गठबन्धन दलका युवा संगठनहरुले विरोध जनाएका छन् ।
जिल्ला प्रशासन कार्यालय मोरङका कार्यबाहक प्रमुख जिल्ला अधिकारी सरदकुमार पोखरेल र सहायक जिल्ला अधिकारी प्रदिप शाहलाई सत्ता गठबन्धन युवा संगठनहरुले ज्ञापनपत्र बुझाएका हुन् । संसद्को दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पुगेको नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्न अस्वीकार गरेपछि आलोचना भइरहेको छ । राष्ट्रपतिले संविधानको प्रावधानअनुसार नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने भए पनि गैर संवैधानिक कदम चाल्दै प्रमाणीकरण गर्न अस्वीकार गरेकोले विरोध स्वरुपमा ज्ञापन पत्र बुझाएको वाईसिएल नेपालका केन्द्रीय सदस्य एबं मोरङ इन्चार्ज दिपक आले मगरले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय