उर्लाबारी । मोरङ क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेतर्फबाट निवर्तमान सांसद घनश्याम खतिवडा नै उम्मेद्वार बन्ने हुनुभएको छ ।
जानकार स्रोतले दिएको जानकारी अनुसार खतिवडाले टिकट पाउने पक्कापक्की जस्तै भएको हो । संसदमा खरो रुपमा आफ्नो क्षेत्रका समस्या खतिवडाले राख्दै आउनु भएको थियो । समानुपातिकबाट सांसद बन्नु भएकी डा. शिवमाया तुम्बाहाम्फेले प्रतिनिधिसभा सदस्यको टिकट पाउने चर्चा चलेको थियो । तर, पछिल्लो जानकारी अनुसार तुम्बाहाम्फे भन्दा खतिवडाको पक्षमा पल्लाभारी देखिएको छ । पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चुनाबी तयारीमा जुट्न भनेपछि यतिबेला आफ्नो क्षेत्रमा निवर्तमान सांसद खतिवडाको सक्रियता बढेको छ । पार्टीका कार्यक्रम होस् वा अन्य काममा खतिवडा अग्रसर बढेको छ । तुम्बाहाम्फे उपसभामुख र मन्त्री हुँदा समेत मोरङ क्षेत्र नं. १ मा केही काम नगरेको आरोप लाग्ने गरेको छ । त्यसकारण पनि खतिवडाको पक्षमा माहोल अलि बढि रहेको आंकलन गरिएको छ । तुम्बाहाम्फे स्थायी कमिटी सदस्य हुनुहुन्छ भने खतिवडा प्रदेश सदस्य मात्रै हुनुहुन्छ । दुबै जना पार्टीभित्र अध्यक्ष ओली समूहको मानिनुहुन्छ ।
खतिवडाले उम्मेद्वारी पाए पुरानै प्रतिष्पर्धा दोहिरिने निश्चित छ । २०७४ सालको निर्वाचनमा खतिवडाले हराएका नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बू नै मैदानमा उत्र्ने तयारीमा हुनुहुन्छ । २०७० सालको निर्वाचनमा पनि खतिवडा र लिम्बूको भेट भएको थियो । त्यतिबेला लिम्बूले बाजी मार्नुभएको थियो । माओवादीका चर्चित नेता बर्षमान पुन तेस्रो बन्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय