उर्लाबारी । मोरङको उर्लाबारी–७ का एक युवामा कोरोना पोजेटिभ देखिएसँगै समुदाय स्तरमा पहिलो पटक कोरोना भाइरल देखिएको छ ।
यसअघि उर्लाबारीमा बैदेशिक रोजगारीबाट फर्किएकाहरुमा मात्र कोरोना पोजेटिभ देखिएको थियो । उर्लाबारी– ७ भद्रमारी स्थायी ठेगाना भएका वर्ष ३६ का पराजुली थरका युवामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित युवा सुनवर्षी नगरपालिकाको डायनियामा रहेको सिभिल बैकमा कार्यरत कर्मचारी रहेको बुझिएको छ । गत साउन ३२ गते सुनवर्षी नगरपालिकामा स्वाब संकलन गरिएको थियो । जसमा दुवै जनामा कोरोना भाइरस पुष्टि भएको छ ।
पराजुली उर्लाबारीरी देखि नै डायनिया धाएर काम गर्दै आएको र अहिले उनी उर्लाबारी होम आसोलेसनमा रहेको बताइएको छ । यता उर्लाबारी स्थायी ठेगाना भएका युवामा कोरोना संक्रमण पुष्टि भएपछि युवाको सम्पर्कमा आउनेहरुको कन्ट्याक ट्रेसिङ गरिरहेको र संक्रमित युवालाई आफुलाई कोरोना देखिएको र सम्पर्कमा आएकाहरुलाई जानकारी गराउन भनिएको वडा नं. ७ का वडाध्यक्ष थापाले बताउनुभयो । यता उर्लाबारीको समुदायमा संक्रमण भए नभएको संक्रमितको परिवार र संम्पर्कमा रहेकाहरुको कन्टयाक्ट ट्रेसिङ नगरी भन्न अलि हतार हुने उर्लाबारी नपाका मेयर खड्ग फागोको सचिवालय स्रोतले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय