भौतिक पूर्वाधार विकास राज्यमन्त्रीको जिम्मेवारीमा रहँदा आफ्नो टिममा रहेर काम गर्ने कर्मचारी तथा सहयोगीहरूलाई नेपाली कांग्रेसकी नेतृ एवं कोशी प्रदेशसभा सदस्य शोभा चेम्जोङ पालुङ्वाले सम्मान गर्नुभएको छ।
आफ्नो कार्यकालमा साथ, सहयोग र सहकार्य गर्ने सबैप्रति धन्यवाद तथा आभार व्यक्त गर्दै पालुङ्वाले सम्मान गर्नुभएको हो। कार्यक्रममा उहाँले जिम्मेवारी निर्वाह गर्ने क्रममा सहयोग गर्ने सम्पूर्णप्रति कृतज्ञता व्यक्त गर्नुभयो। यसैबीच, कोशी प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिएको छ। कांग्रेसबाट सरकारमा सहभागी मन्त्री तथा राज्यमन्त्रीहरूले राजीनामा दिएसँगै पालुङ्वाको राज्यमन्त्रीको जिम्मेवारी पनि समाप्त भएको हो।
कांग्रेस सरकारबाट बाहिरिएसँगै कोशी प्रदेशको राजनीतिक समीकरणमा समेत परिवर्तन आएको छ। पालुङ्वाले आफ्नो कार्यकालमा साथ दिने टिमका सदस्य तथा सहयोगीहरूप्रति सम्मान र आभार व्यक्त गर्दै नयाँ यात्राका लागि शुभकामना व्यक्त गर्नुभएको छ।























