काठमाडौं । गैरआवासीय नेपालीहरूको सामूहिक लगानीमा स्थापना भएको एनआरएनए नेपाल डेभलपमेन्ट फन्डले १० अर्ब रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ।

फन्डका सीईओ अनलराज भट्टराईका अनुसार आईपीओ निष्कासनका लागि आवश्यक कानुनी तथा प्रक्रियागत तयारी पूरा भइसकेको छ। अब नेपाल धितोपत्र बोर्ड (सेबोन) मा स्वीकृतिका लागि आवेदन दिने तयारी भइरहेको छ। प्रस्तावित आईपीओमा ८५ प्रतिशत सेयर विदेशमा रहेका नेपालीका लागि छुट्याउने योजना छ। त्यस्तै, नेपाल सरकारलाई ५ प्रतिशत र प्रमोटरलाई १० प्रतिशत हिस्सा रहनेछ। फन्डमा एक व्यक्तिले न्यूनतम १ लाखदेखि अधिकतम १० करोड रुपैयाँसम्म लगानी गर्न सक्ने व्यवस्था गरिएको बताइएको छ।

फन्डले गैरआवासीय नेपालीको पुँजी, ज्ञान र सीपलाई नेपालको आर्थिक तथा पूर्वाधार विकासमा परिचालन गर्ने लक्ष्य राखेको छ। पहिलो चरणमा १० अर्ब रुपैयाँ परिचालन गरेपछि दोस्रो र तेस्रो चरणमा फन्डको आकार थप विस्तार गर्ने योजना छ।  एनआरएन डेभलपमेन्ट फन्डमा उपेन्द्र महतो, कुमार पन्त र जापानमा रहेका गैरआवासीय नेपाली चिरञ्जीवी थापा मुख्य लगानीकर्ताका रूपमा देखिएका छन्। उनीहरूले नेपालमा गैरआवासीय नेपालीको सामूहिक लगानी भित्र्याउने उद्देश्यले फन्ड स्थापनामा अग्रणी भूमिका खेलेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय