काठमाडौं । रुपेश अधिकारी र दीपेन्द्र धिमाल अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति सदस्यमा निर्वाचित भएका छन् ।

एन्फाको बुधबार बसेको विशेष साधारण सभामा भएको पुन: निर्वाचनबाट रुपेश र दीपेन्द्र निर्वाचित भएका हुन् ।

सदस्यमा निर्वाचित मध्ये रुपेश एन्फाका निवर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा समूहका हुन् । दीपेन्द्र भने अध्यक्ष पंकज विक्रम नेम्बाङ समूहका हुन् ।

रुपेशले ५४ मत प्राप्त गरे भने दीपेन्द्रले ४७ मत प्राप्त गरे । सदस्यकै प्रत्यासी लोकन्द्र गुरुङले ४५ र दीपक थापाले ७ मत प्राप्त गरे ।

यस अघि गत असार ६ गते सम्पन्न निर्वाचनमा चार जनाकै समान ३९ भोट आएको थियो। जसको कारण दुई सदस्यको टुंगो लागेको थिएन।

दुई सदस्य निर्वाचित भएसँगै एन्फाको २१ सदस्यीय कार्यसमिति पूरा भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय