उर्लाबारी । मोरङको उर्लाबारीस्थित नमूना बाल गृहमा सामुहिक दशैंको टिका लगाइएको छ ।
वि.सं. २०५७ देखि उर्लाबारी–७ मा महिला विकास तथा बालबालिका चेतना केन्द्र उर्लाबारीद्वारा सञ्चालित बाल गृहमा आश्रित बालबालिकाहरुलाई सामुहिक टिका लगाइएको हो । गृहका सचिब तेजबहादुर घिमिरे (जीवन) ले गृहमा आश्रित बालबालिकाहरुलाई टिका लगाइदिनुभयो भने अध्यक्ष मिनादेवी बरालले आर्शीवाद र दक्षिणा दिनुभयो । नेपालभरीका ५६ जना बालबालिकाहरु गृहमा आश्रित रहेका छन् । सहयोगीदाताको भरमा सञ्चालन हुँदै आएको यो बाल गृह प्रदेश नं. १ कै उत्कृष्ट रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!