सरोज बस्नेत
उर्लाबारी । मोरङको उर्लाबारीमा सामाजिक क्षेत्रमा रहेर उदाहरणीय परिचय दिन सफल ब्यक्तित्वको नाम हो पूर्ण वाइबा । व्यक्तिगत स्वार्थ भन्दा माथी उठेर सदैव सामाजिक भूमिकामा समर्पित रहँदै आउनु भएका वाइबा सामाजिक क्रियाकलापमा जोडिँदै सफल ब्यक्तित्वको परिचयन बनाउनुभएको हो ।
सामाजिक क्षेत्रमा केही न केही गर्न पाए हुन्थ्यो भन्ने भूट्भूटी छ, वाइबामा । ६० बर्ष पुगिसक्नु भएका वाइबा सामजिक भूमिकामा भने अहिले पनि क्रियाशीलता र जांँगर भने जवानी उमेर जस्तै छ । मिलनसार, सहयोगी र सरल स्वभावका वाइबाको नेतृत्वमा चर्चित बाल गायक अशोक दर्जीको घर निर्माण भएको थियो । ‘मन विनाको धन ठूलोकी, धन मिनाको मन’ भन्ने गीत गाएर चर्चामा आएपछि बालगायक दर्जीको देशविदेशबाट सहयोग जुटाएर घर निर्माणमा वाइबा अहोरात्र खटिनुभयो । दमक नगरपालिका–२ मा जग्गा खरिद गरी जस्ताको छानो भएको पक्की घर निर्माण गरी उहाँकै नेतृत्वमा हस्तान्तरण भएको थियो ।
त्यस्तै, बाल गायक दर्जीकै घर छेउमा त्रिपाल टाँगेर कठिन जीविन बिताइरहेका अर्का बालक टिकाराम धिमाल (भुईकटहरे) को पन िदमक नगरपालिका–३ मा जग्गा खरिद गरी जस्ताको छानो लगाएर पक्की घर निर्माण वाइबाकै नेतृत्वमा भएको थियो । स्वम् वाइबाले आफ्नो लगानीसहित देशविदेशबाट सहयोग जुटाएर सो घर निर्माण गर्नुभयो । त्यस्तै, राष्ट्रलाई १ हजार विश्व प्रसिद्ध ब्यक्तिहरुका मुर्तिहरु राष्ट्रलाई निःशुल्क दिने घोषणा गर्नुभएका मुर्तिकार मञ्जुल मितेरीको संग्राहलयको स्थापना तथा मेशिनरी औजार खरिदमा समेत वाइबाले महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । यी त केही उदाहरणमात्र हुन् । उहाँले धेरै समस्यामा परेका बिरामीहरुको उपचारमा आफ्नो निजी रकमसमेत खर्च गर्नुभएको छ । भूकम्प, नाकाबन्दी, कोरोनाकाल, बाढिपहिरो, विभिन्न दुर्घटना, बिरामीलगायतका विभिन्न विपत्ति एवं घटनाहरु हुँदा होस वा अन्य सामाजिक क्रियाकलापमा उहाँ तत्काल आवश्यक सहयोगमा जुटिहाल्नुहुन्छ । वाइबाकै नेतृत्वमा उर्लाबारी–५ न्यूरोडमा पेबल सडक निर्माण भयो भने भुकुटी मार्ग सडक कालोपत्रेको उपभोक्ता समितिको संयोजक भएर काम गर्नुभएको छ भने सडक बत्तीलगायत कार्यक्रममा पनि उहाँको सक्रियता रहँदै आएको छ । न्यानो अभियान नेपाल संस्थामार्फत आर्थिक अवस्था कमजोर भएका परिवारलाई लत्ताकपडा वितरण होस् वा खाद्यान्य उहाँले साथ र सहयोग रहने गरेको थियो । विभिन्न मठमन्दिर, सामाजिक संघसंस्था, गुम्बालगायत धेरैमा उहाँले सहयोग गर्नुभएको छ । रोजगारीको शिलशिलामा हङकङमा हँुदासमेत उहाँले धेरैलाई सहयोग गर्नुभएको छ । उर्लाबारी परिवार हङकङको स्थापना गरेर उहाँले त्यहाँ रहेका नेपालीहरुलाई समस्या पर्दा साथ र सहयोगको साथै नेपालका विभिन्न भागमा विपत्ति तथा बिरामीहरुको उपचारमा सहयोग गर्नुभएको गर्नुभएको थियो । उहाँ उर्लाबारी परिवार हङकङको संस्थापक अध्यक्षसमेत हुनुहुन्छ । जहाँ सामाजिक काम हुन्छ त्यहाँ राजनीति हुन्छ । यो ब्यवहारिक कुरो वाइबाको जीवनमाथि लागु भएको छ । वाइबा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रदेश नं. १ समितिको सदस्य हुनुहुन्छ ।

सोही पार्टीले वाइबालाई मोरङ क्षेत्र नं. १ (१) बाट प्रदेशसभा सदस्यको उम्मेद्वार बनाएको छ । धेरै सामाजिक काम गरिसक्नुभएका वाइबा प्रदेशसभा सदस्य भएर थप जनहितमा काम गर्ने चाहना राख्नुभएको छ । सामाजिक काममा समर्पित वाइबालाई यस पटक प्रदेशसभा सदस्यका लागि बलियो उम्मेद्वार मानिएको छ ।सबैको साथ र सहयोग पाएको खण्डमा विजयी हुनेमा उहाँ आशावादी हुनुहुन्छ । ‘हिजो पनि जनहितमै काम गर्न खटिए’ उहाँले भन्नुभयो–‘प्रदेशसभा सदस्य हुँदा पनि मेरो काम त्यही हो ।’ राजनीति पेशा नभई सेवा भएको उल्लेख गर्दै उहाँले इमान्दारिकताका साथ जनताको सेवक भएर काम गर्ने अठोट ब्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय