उर्लाबारी । जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लाभर १२ बजेसम्म पसल खोल्ने निर्णय गरेपनि उर्लाबारीमा भने लकडाउन पूर्ण रुपमा रहने भएको छ ।
भदौ १४ गतेसम्म लकडाउन घोषणा गरेको उर्लाबारीमा सो अवधिसम्म पूर्ण लकडाउन रहने उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले जानकारी दिनुभयो । समुदाय स्तरमा कोरोना भाइरस फैलिन नदिन गरिएको लकडाउन तोकिएकोसम्म जारी रहन्छ, मेयर फागोले टेलिफोन सम्पर्कमा भन्नुभयो । उहाँले १४ गतेपछि संक्रमणको अवस्था हेरेर लकडाउन गर्ने वा नगर्ने निर्णय हुने बताउनुभयो । हालसम्म उर्लाबारी कोरोना भाइरसका कारण सुरक्षित देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय