काठमाडौँ । काठमाडौँ क्षेत्र नं ९ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एमाले) का कृष्णगोपाल श्रेष्ठ विजय भएका छन् । एमालेका श्रेष्ठले ११ हजार ९५६ मत प्राप्त गरेर विजय भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्दी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले १० हजार ९६१ मत ल्याएका छन् । यस्तै सत्ता गठबन्धनकी उम्मेदवार बनेकी नेकपा (माओवादी केन्द्र)की कल्पना धमलाले ६ हजार ४०२ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहिन् ।

उनी यसअघि २०४८ को निर्वाचनमा काठमाडौं क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्य र मध्यावधि निर्वाचन २०५१ मा काठमाडौं क्षेत्र नं ७ बाट निर्वाचित भएका थिए ।

यस्तै २०७४ सालको निर्वाचनमा काठमाडौं ९ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । २०५९ सालमा स्थानीय विकास राज्यमन्त्री भएका श्रेष्ठ तत्कालिन केपी ओली नेतृत्वको सरकारमा २०७७ सालमा मन्त्री बनेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय