विराटनगर। खोटाङमा माओवादी केन्द्रका रामकुमार राई निर्वाचित भएका छन्।

उनले नेकपा एमालेका विशाल भट्टराईलाई पछि पार्दै विजयी बनेका हुन्।

मुख्य निर्वाचन अधिकृत सुभासबावु पुरीले जितको टुंगो लागेपनि अन्तिम मतपरिणाम भने जोड्न बाँकी रहेको जानकारी दिए।

उनले सबै मत जोडेपछि उक्त संख्या निर्वाचन आयोगको वेबसाइटमा राखिने जनाए।

अहिलेसम्म आयोगमा अपडेट गरिएको संख्या अनुसार रामकुमार राईको ३१ हजार ३५१ मत छ भने विशाल भट्टराईको २८ हजार ६८२ मत रहेको छ।

यसअघिको निर्वाचनमा भने खोटाङबाट एमालेका भट्टराई निर्वाचित भएका थिए।

नेकपा एमालेका उम्मेदवारलाई पछि पार्दै राई र बान्तवाले विजय हासिल गरेका हुन्।

प्रदेशसभा १ मा मुख्यमन्त्री राईले १६ हजार एक सय १० मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी एमालेका हरिबहादुर राईले १२ हजार दुई सय २३ मत प्राप्त गरे।

प्रदेशसभा १ मा ६४ हजार दुई सय ३६ कूल मतदाता रहँदा ३२ हजार तीन सय ३२ मत खसेको थियो भने ३० हजार नौ सय ९२ सदर र एक हजार तीन सय ४० मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ।

प्रदेशसभा २ तर्फ बान्तवाले १३ हजार पाँच सय ७९ मत ल्याउदा प्रतिस्पर्धी एमालेका खडगबहादुर कार्कीले १२ हजार आठ सय २८ मत पाएका थिए।

सो क्षेत्रमा कूल ५९ हजार एक सय ४३ मतदाता रहेकोमा २९ हजार चार सय ७४ मत खसेको थियो। जसमा २८ हजार तीन सय २५ सदर र एक हजार एक सय ४९ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयको विवरणमा उल्लेख गरिएको छ।

समानुपातिकको मत पेटिकामा केही मत परेको हुनसक्ने भएकाले सो गणना भन्दा अगाडि औपचारिक घोषणा भने नगरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रतिनिधिसभातर्फ भने मतगणना जारी छ । सो मतगणना पनि चाँडै सक्ने गरी गणना भइरहेको मुख्य निर्वाचन अधिकृत मणिराम न्यौपानेले बताए।

भोजपुरमा एक लाख २३ हजार तीन सय ७९ कूल मतदाता रहेकोमा ६२ हजार एक सय ८१ मत खसेको थियो। जुन ५० दशमलव ३९ प्रतिशत हो। भोजपुरमा प्रतिनिधिसभा तर्फ १२, प्रदेशसभा १ मा ७ र प्रदेशसभा २ मा ६ जना गरी २५ उम्मेदवारले निर्वाचनमा भाग लिएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय