मकवानपुर । मकवानपुर क्षेत्र नं १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दीपकबहादुर सिंह विजयी भएका छन् । उनले नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’ र राप्रपा नेपाका अध्यक्ष कमल थापालाई पराजित गर्दै विजयी भएका हुन् ।

राप्रपाका सिंहले २७ हजार ८१६ मत प्राप्त गरेर विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनको तर्फबाट साझा उम्मेदवार बनेकी काँग्रेसकी उम्मेदवार डीनाले २५ हजार ४२३ मत प्राप्त गरिन् ।

राप्रपाका सिंहले २ हजार ३९३ मतान्तरले विजयी भएका हुन् । यस्तै नेकपा एमालेको चुनाव चिन्हबाट उम्मेदवार बनेका थापाले २५ हजार ४२० मत प्राप्त गरेर तेस्रो स्थानमा रहे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय