उर्लाबारी । मोरङ क्षेत्र नं. १ को प्रतिनिधिसभा कांग्रेसको भागमा पर्यो । प्रदेशसभा १(१) माओवादी केन्द्र र १(२) नेकपा एकीकृत समाजवादीको भागमा परेको थियो ।
कांग्रेस, माओवादी र एकीकृत समाजवादीभित्र टिकटको विषयमा कुनै विवाद भएन । कांग्रेसभित्रभित्रै ‘भुसको आगो’ जस्तै आन्तरिक विवाद थियो । कांग्रेसभित्रको विवादका कारण प्रदेशसभा सदस्यको उम्मेद्वार बन्नु भएका माओवादी केन्द्रका कुलप्रसाद साम्बा (कुशल) लाई हराउन भित्रभित्रै खेल बन्यो । प्रदेशसभा सदस्यमा गोलाकारभित्रको हँसिया हथौडाको विकल्पमा हलो वा अन्यमा मतदान गर्ने जाल बन्यो । कांग्रेसका इमान्दार कार्यकर्ताबाहेक अधिकांशले हलोमा मत हाले । जसका कारण लोकप्रिय हुँदाहुँदै कुशल ३ हजार भन्दा बढी मतले पराजित बन्न पुग्नु भयो । कांग्रेस एक कार्यकर्ता भन्छन्,‘हामीलाई हलो भोट दियौं, यस पटक प्रदेशसभामा धेरैले हलोमा भोट हान्नुभयो ।’ चुनाबी कार्यक्रममा सक्रियपूर्वक खट्नेसमेतले प्रदेशसभामा हलोमा भोट हालेको जानकार स्रोतले बताएको छ । माओवादी कार्यकर्ताले भने इमान्दारिताका साथ प्रतिनिधिसभामा रुख भोट हालेको बताएका छन् । ‘कांग्रेस इमान्दार भएर सघाउँछ भन्ने विश्वास गरेका थियौं’ माओवादी एक कार्यकर्ता भन्छन्–‘भित्रभित्रै हराउन योजनाबद्ध रुपमा कांग्रेस लागेछ, जसका कारण प्रदेशसभा गुमाउनु परेको छ, अब कांग्रेस सहकार्य गर्नु हुन्न ।’
निर्वतमान प्रदेश सदस्य कुशललाई विकासप्रेमी नेताको रुपमा लिने गरिएको छ । यस क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएका कुशलको चर्चा चुलिएपछि अत्तालिएर हराउन केही सक्रियपूर्वक लागेको बताइन्छ । कुशलले प्राप्त गरेको १० हजार ४ मत इमान्दार कांग्रेस कार्यकर्ता, नेकपा माओवादी केन्द्र र ब्यक्तिगत प्रभावका भोट हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय