विराटनगर । भोजपुरको संसदीय निर्वाचनमा ६४ वर्षपछि नेपाली कांग्रेस विजयी भएको छ । २०१५ यताका कुनै पनि संसदीय चुनावमा जित निकाल्न नसकेको कांग्रेसले गठबन्धनको साथले प्रदेशसभा २ मा जित निकालेको हो ।

भोजपुर प्रदेशसभा २ कांग्रेस जिल्ला सभापति रहेका विनोद बान्तवा ७५१ मतान्तरसहित विजयी भएका हुन्। उनले १३ हजार ५७९ मत प्राप्त गर्दा नेकपा एमालेका खड्गबहादुर कार्कीले १२ हजार ८२८ प्राप्त गरे ।

बहालवाला सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की भोजपुरमा तीन वटना निर्वाचत हारेपछि २०७४ को निर्वाचमा सुनसरी आएर विजयी भएका थिए ।

२०१५ सालमा सम्पन्न पहिलो प्रतिनिधिसभा निर्वाचनमा भने कांग्रेसले क्लिनस्वीप गरेको थियो। त्यसबेला भोजपुर–१९ बाट खड्गबहादुर कार्की, भोजपुर–२० बाट भूदेव राई र भोजपुर–२१ बाट देवानसिंह राई विजयी भएका थिए।

२०४८, २०५१ र २०५६ को निर्वाचनमा भोजपुरमा ३ वटा क्षेत्र रहेको थियो । २०६४ र २०७४ को संविधानसभा निर्वाचनमा भने भोजपुरमा २ निर्वाचन क्षेत्र थिए । अहिले प्रतिनिधिसभाको १ र प्रदेशसभाको २ निर्वाचन क्षेत्र छन् ।

भोजपुरको प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्रका सुदन किराती जितउन्मुख छन् । उनले प्रदेश १ का निवर्तमान मुख्यमन्त्री शेरधन राईलाई लगातार पछि पारेर अग्रता लिइरहेका छन् ।
यस्तै प्रदेश सरकारका बहालवाला मुख्यमन्त्री राजेन्द्रकुमार राई प्रदेश १ बाट निर्वाचित भइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय