काठमाडौं । अष्ट्रेलिया १६ वर्षपछि फिफा विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । कतारमा भइरहेको फिफा विश्वकप २०२२ अन्तर्गत समू डी को अन्तिम खेलमा डेनमार्कलाई १-० ले पराजित गरेपछि अष्ट्रेलियाले समूह डी मा उपविजेता बन्दै नकआउट चरणमा स्थान पक्का गरेको हो ।

अल जानोब स्टेडियममा भएको खेलमा अष्ट्रेलियाको लागि म्याथ्यु लेकीले निर्णायक गोल गरे । उनले खेलको ६०औं मिनेटमा रिले म्याग्रेको पासमा गरेको गोल निर्णायक बनेको थियो । यसअघि अष्ट्रेलिया सन् २००६ मा जर्मनीमा भएको विश्वकपमा अन्तिम १६ मा पुगेको थियो । तर इटलीसँग पेनाल्टी गोलमा १-० ले पराजित हादै बाहिरिएको थियो । पछि इटलीले नै त्यस विश्वकप जितेको थियो ।

जारी विश्वकपमा समूह डी मा अष्ट्रेलिया र साविक विजेता फ्रान्सले समान ६ अंक जोडेपनि गोलअन्तरमा फ्रान्स अघि रहेर समूह विजेता बनेको हो ।

पहिलो खेलमा फ्रान्ससँग ४-१ ले पारजित भएको अष्ट्रेलियाले त्यसपछिको दुई खेलमा ट्युनिसिया र डेनमार्कलाई पराजित गरेको हो ।

अष्ट्रेलियाले अब समूह सी को विजेतासँग अन्तिम १६ मा खेल्नेछ । समूह डी मा दोस्रो हार बेहोरेको डेनमार्क भने १ अंक जोड्दै पूछारमा रहेर बाहिरियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय