काठमाडौं। फिफा विश्वकप २०२२ को समूह चरणका खेल सकिएका छन्। समूह ‘जी’ का अन्तिम दुई खेलसँगै समूह चरणका खेल सकिएका हुन्।

अन्तिम खेलमा क्यामरुनले ब्राजिललाई १० गोलले हराउँदा सर्वियामाथि स्विट्जरल्यान्डले ३-२ गोलको जित निकाल्यो।

अन्तिम १६ मा युरोपबाट ८ टिम पुगे। एसियाबाट ३ तीनले अन्तिम १६ मा स्थान बनाए।

यस्तै अफ्रिका र दक्षिण अमेरिकाबाट २-२ टिमले अन्तिम १६ मा स्थान बनाए। उत्तर अमेरिकाबाट १ टिम अन्तिम १६ मा पुग्यो।

अब शनिबार रातिदेखि अन्तिम १६ का खेल हुँदैछन्। आज राति नेदरल्यान्ड्स र अमेरिका तथा अर्जेन्टिना र अस्ट्रेलिया भिड्दैछन्।

शनिबार राति सुरु हुने अन्तिम १६ का खेल मंगलबार राति सकिनेछन्।

अन्तिम १६ का खेल

नेदरल्याण्ड्स – अमेरिका
अर्जेन्टिना -अस्ट्रेलिया
फ्रान्स – पोल्याण्ड
इंग्ल्याण्ड – सेनेगल
जापान -क्रोएसिया
ब्राजिल – दक्षिण कोरिया
मोरक्को -स्पेन
पोर्चुगल – स्विट्जरल्याण्ड

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय