काठमाडौं । जनमत पार्टीले समानुपातिकमा पठाउने सांसद छनोट गरेको छ ।

बिहीबार बसेको उक्त पार्टीको बैठकले पार्टीका तर्फबाट पठाउने पाँच जनाको नाम टुंगो लगाएको हो ।

प्रत्यक्षमा एक सिट जितेको जनमत पार्टी पहिलो आम चुनावबाटै राष्ट्रिय पार्टी बन्न सफल भएको छ ।

जनमत पार्टीले अनिता साह, सोनु मुर्मुर, अब्दुल खान, बिनिताकुमारी सिंह र गोमा सापकोटालाई पठाउने निर्णय गरेको हो ।

टुंग्याएको नामलाई अब निर्वाचन आयोगमा पठाइने छ। आयोगले समानुपातिक सिद्दान्त अनुसार मिले, नमिलेको जाँच गर्ने छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय