पथरी । विश्व यतिबेला कारोना संक्रमणको जोखिममा जुधिरहेको छ । चीनको वुहान प्रान्तबाट फैलिएको यो भाईरसले विश्वलाई नै आतंकित बनाईरहेको छ ।
यसमा नेपाल पनि अछुतो रहन सकेन नेपालमा हालसम्म धेरैको ज्यान गई सकेको छ भने संक्रमण पनि उकालो लाग्ने क्रममा छ । जोखिम र संक्रमणबाट बच्न विभिन्न देशहरुले आ आफ्ना विवेक प्रयोग गरिनै रहेका छन् । त्यसमा पनि संक्रमण कम गर्नको लागि लकडाउन अर्थात बन्धाबन्धिनै सबैेभन्दा उत्तम विकल्पको रुपमा देखिएको छ । यो बन्धाबन्धिको समय कसैलाई दिग्दारीको बाटो बनेको छ त कसैलाई आफुले आफुलाई निपूर्ण बनाउने माध्यम ।
यस्तैमा मोरङको मिक्लाजुङ गाँउपालिका वडा नम्बर ५ ठुलो साम्लिङका गायत्री कुलुङलाई भने यो लकडाउनको अवधि एउटा अवसर र निपुणर्ताको माध्यम बन्यो । लकडाउनले सबै बन्द भएर दिनभरी बाँकी रहेको समयलाई कुलुङले माटो र ढुंगालाई आकृति दिएर मुर्ति बनाउनमा खर्च गरे । उमेरले २४ बर्ष टेकेका कुलुङ सानै देखि मुर्तिकलामा चासो राख्थे । गाँउमा घर लिपपोत गर्न कमेरो माटो लिन जाँदा कमेरोमा आफुले बनाएको एउटा आकृति र त्यहि आकृती अरुले देखेरे मन पराएपछि थपिएको प्रेरणले उनलाई अहिले एउटा मुर्तिकारको परिचय दिएको छ ।
सामान्य परिवारमा जन्मिएका कुलुङले उच्च शिक्षा त आर्जन गर्न सकेनन् तर एक मुर्तिकार बन्ने सपना भने पुरा गरे । उनले सोहि गाँउमा जि के मुर्तिकला केन्द्र नाम दर्ता गरेर काम गरीरहेका छन् । उनी ढुंगा,सिमेन्ट,माटो बाट मुर्ति बनाउन अब्बल त छदै छन् । शिलालेख र अभिनयमा पनि उत्तिकै सिपालु छन् उनले यो सिप संगसगै आफ्नै युटुब च्यानलबाट लघु चलचित्रमा अभिनय पनि गरिसकेका छन् ।
३ बर्ष सम्म कसैको सहयोग बिना आफै सिकेका उनले हाल सम्म २ सय भन्दा बढि मुर्ति बानाई सकेका छन् । उनी भन्छन बाहिर कुनै काममा जानु नपरेपछि मैले मुर्ति निर्माण गर्न समय पाए मेरो लागी लकडाउन एउटा अवसर भएको छ“ । यहि कलालाई भविश्य बनाउने सोचमा रहेका कुलुङले आफु अझैपनि सिकाईको क्रममा रहेको र मुर्ति विक्रिको लागी खासै बजार नभेटेकाले घरखर्च चलाउन सामान्य काम गर्न बाहिर निस्कने बताए ।
कुलुङले जुनसुकै क्षेत्रमा आवश्यक पर्ने आकृती ढुुंगामा कुँदेका छन् । एउटा मुर्ति बनाउन कति समय लाग्छ भन्ने प्रश्नमा उनले एक मुर्ति बनाउन कम्तिमा पनि ३ महिना लाग्ने तर सिमेन्टको मुर्ति निर्माण गर्न ढुंगालाई जस्तो समय नलाग्ने बताए । उनले एउटा ढुंगाको मुर्ति ३ लाख र सिमेन्टको मुर्ति १ लाख ५० हजार र साना मुर्ति २० देखि ५० हजार सम्ममा बचेको पनि बताए ।
गाँउघरमा पाईने हाते औजार र केहि आधुनिक औजार प्रयोग गरेर उनि मुर्ति निर्माण गर्दै आईरहेका छन् । उनले निर्माण गरेको किराँती धर्मगुरु यलम्मबरको मुर्ति प्रयोग गरी ठुलो साम्लिङमा एउटा चोक नै निर्माण गरिएको छ । श्रीमती एक छोराको साथमा रहँदै आएका कुलुङलाई पारीवारको पनि राम्रो साथ रहेको छ । उनले अहिलेसम्म गाँउपालिकासँग सहयोग नमागेको र आवश्यक परे सहयोगको अपेक्षा राख्ने उनले बताए । यसरी आफ्नो कलालाई आफ्नै क्षेत्रमा प्रयोग गर्न चाहने युवाहरुको लागी स्थानिय तहले संरक्षण गर्नसके बिदेशीनु पर्ने बाध्यता हट्ने थियो कि ?
सरोज निरौलाबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय