पारस भुषाल ,काठमाण्डाै।
‘भोकालाई भोजन, प्यासीलाई पानी’ भन्ने मुल नाराका साथ जय महाकाल युवा समूहले कोरोना महामारीको शुरूवातदेखि खान नपाई भोकाएका नागरिकहरूलाई काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा लगाएत विभिन्न जिल्ला हरुमा निरन्तर यश अभियान सञ्चालन गर्दै निःशुल्क भोजन वितरण गर्दै आएका छाै। युवा समूहको यो कार्य १०००दिन पूरा भएर निरन्तर दिन बढिरहेकाे छ र हाल १०१० दिन पुगेको छ ।महामारिकाे सुरुवाति चरणमा ‘विश्वलाई कोरोनाले आतंकित पारेको बेला सरकारले जनतालाई लकडाउनको नाममा घरभित्र थुन्नेबारे मात्र सोच्यो’, –‘नागरिक भोकै परेर कुप्री परेको अवस्था देखेपछि कुनै समयमा खान नपाई खाली पेट हुन परेको अवस्थामा खाली पेट र भोकको पीडा राम्ररी अनुभव गर्नुभएका स्वयम् अध्यक्षकाे मनले मानेन । उहाँले ७५ रुपियाँबाट याे कहिल्यै बन्द नहुने गरि अभियान सुरुवात गर्नु भएकाे छ, जब सम्म पृथ्विमा अन्न उत्पादन भईरहन्छ तब सम्म याे अभियान देश ब्यापि चलिरहने कुरा ब्याक्त गर्नु भएकाे छ।
कोरोना महामारी शुरू भएलगत्तै सरकारले ज्यान बचाउन भनेर देशमा लकडाउन जारी गरी नागरिकहरूलाई कोठा बाहिर ननिस्किन आदेश गरेको अवस्थामा ‘हुने खाने’नागरिकहरूले आफूलाई चाहिने सामग्री प्रबन्ध गरेर घरभित्र बस्दा’ ‘हुँने खाने’ नभएका नागरिकहरूचाहिँ कठोर पीडामा परेका थिए । ‘रोगले भन्दा भोकले’ नागरिकहरूले जीवन गुमाउनुपरेको कठिन अवस्था देख्न नसकेर जय महाकाल युवा समूहका श्रद्ध्य अध्यक्ष लीलानाथ भण्डारी ज्युले आफ्नाे नेतृत्वमा १७ जना युवाहरु एकता भएर सडकमा निस्किएर निःशुल्क भोजन बाँड्न शुरू गरि हाडिंगाउ ,पशुपतिनाथ,थापाथलि ,रत्नपार्क,कलङ्कि ,गाेङ्गबु, बालाजु गरेर दैनिकि १०,०००भन्दा बढि सडकपेटिका नागरिक लगाएत अशक्त ,असाहाय, दृष्टिबिहिन ,अपाङ्ग नागरिकाे साहारा बनी उद्वार गर्दै आएकाे बताउनु भएकाे छ। ‘बीचमा केही दिन आर्थिक अभावले सेवा रोकिए तापनि फेरि सहयोगी मनहरू जुटे’ सहयाेगि हरुकाे ‘सहायताद्वारा बिहान १०:३० बजे र बेलुका ५ बजे निःशुल्क खाना खुवाउने कामको निरन्तरता भइराखेको छ ।’

श्रद्दय अध्यक्ष लिलानाथ भण्डारि ज्यु काे नेतृत्वमा सबै मिली जम्मा ४१०० रुपियाँ जम्मा गरेर पशुपतिमा खाना खुवाएर कार्यक्रम शुरू गरेका थियौं । त्यसलगत्तै अन्य सहयोगी हातहरू पनि थपिँदै गए र आजसम्म खाना खुवाउन सफल भएका छौं ।हाल नयां बसपार्क बिजि मल प्राङ्गण लगाएत करिब २८ जिल्लामा भाेका नागरिककाे भाेक मेटाउन सफल भएका छाै।

शुरूमा संस्था दर्ता नभएपनि यश कार्यलाई निरन्तरता दिदैं आईरहदां , सहयोगी हातहरू बढ्दै गएपछि र कार्यक्रमले निरन्तरता पाएपछि मात्र संस्था दर्ता हुन सफल भएको हो । ‘विश्व नै कोरोनाको आतंकमा परेको बेला एउटै घरका श्रीमान्–श्रीमती, बाबु–छोरा, आमा–छोरी पनि सँगै बस्न डराइरहेको अवस्था थियो । गरिब दुखी घर न घाटको हुँदा आफ्नो ज्यानको प्रवाहले धनीमानी र हुने खानेहरू घरभित्र बसेका थिए । हामीलाई पनि ज्यानको माया, मृत्युको डर त पक्कै थियो तर धेरै मानव जाती भोको पेटमा रोइरहेको देख्दा ज्यानको माया गरेर लुकी राख्न सकिएन।’ कालले विश्वलाई भुमरीमा पारेको समयमा कालको प्रवाह नगरी यो सेवालाई अगाडि बढाइरहेको भएर यो संस्थाको नाम जय महाकाल राखिएको हो ।’

म बिगतकाे दिन सम्झिदै भन्न चाहान्छु, हामीले महामारीका दिनमा १०,००० जना भन्दा बढी लाई खाना खुवाएका छौं । आजका दिनसम्म आइपुग्दा दैनिक २५० देखि ३०० जनाले आफ्नो भोको पेट भर्न पाई राख्नुभएको छ । रोजगार नपाएर भोको पेट लिएर हामीकहाँ आउनुभएका १०००भन्दा बढीलाई काम खोजिदिएर रोजगारी सेवा पनि गरीरहेका छाै ।
यश समूहले गर्दै आएका अन्य काम – ‘युवाहरू खाना खान नपाएर सडकमा छन्, बेरोजगार भएर विदेशिएका छन् । गाउँघरका खेतबारी बाँझो छन्,यस्तो अवस्था निर्मूल पारी युवालाई स्वरोजगार बनाउनको लागि ‘कृषि क्रान्ती अभियान’ पनि शुरू गरेका छौ । यश कृषि अभियान नुवाकोटमा रहेको १६ रोपनी जग्गामा आलु र गहुँ खेती शुरू गरिएको छ ।

प्रत्येक शनिबार ८ देखि ९ बजेसम्म ‘हरियो र सफा नेपाल निर्माण अभियान’ कार्यक्रम पनि काठमाडौंमा लगाएत करिब २८ जिल्लामा एकै साथ गर्दै आएका छौं ।
देशब्यापि छाडा गाै माता हरुकाे शंरक्षणका निमित्त देशैभरि गाै आश्रम स्थापना गर्ने प्रतिबद्दता सहित निरन्तर लागिरहेका छाै।

यसै गरि करिब २८ जिल्लामा शाखा बिस्तार गरि बिभिन्न स्थान हरुमा हाम्रा यी महत्वपुर्ण अभियान हरु
भाेकालाई भाेजन प्यासिलाई पानी,विभिन्न स्थानहरुमा बृक्षाराेपण कार्यक्रम संगै ,निशुल स्वास्थ्य शिविर अभियान,लागुआैषध बिरुद्द जनचेतना मुलक कार्यक्रम,हरियाे सफा नेपाल निर्माण अभियान,गाै शंरक्षण अभियान कपिलबस्तु ,कञ्चनपुरमा गाै आश्रम निर्माण गर्दै आएका छाै। राज्यले नगरेका काम हरु यस महाकाल युवा समुहले ,अब युवाले केही गर्नुपर्छ भनी युवाले भाषण मात्र हैन कर्म पनि गर्नुपर्छ । ढुङ्गामुडा हानेर विरोध मात्र हैन देशको लागि सेवा पनि गर्नुपर्छ भनेर देश दर्शन तथा मानव जागरण अभियान ७७ जिल्ला भरि जागरण गर्दै हाल २८ जिल्लामा यस अभियान बिस्तार गर्दै आएकाे कुरा जानाकारि गर्न चाहान्छु।

म भन्न चाहान्छु ,सडकमा बस्ने भोकाहरूलाई खुवाउनका लागि, देशमा बाँझोपन हटाएर उत्पादन बढाउन युवाहरूलाई प्रोत्साहन गर्दै कृषि व्यवसाय पनि शुरू गर्दै आएका छौं ।’
कृषि अभियान बिश्वकाे उत्कृष्ट अभियान हाे ।। यश अभियानले आर्थिक उन्नति प्रगति हुनु संगै आम नागरिककाे जिवनमा आमूल परिवर्तन हुने छ ।।। र यति मात्र नभएर किसान लाई बजारिकरण संगै आम युवा बर्गलाई स्वराेजगार हुन मदत पुग्ने स्पष्ट पार्न चाहान्छु।।।

साथसाथै विश्व सुचाङ्कमा हेर्दा पनि नेपाल ८१ आै स्थानमा भाेकमरिकाे सामना गर्नु याे एउटा जटिल परिस्थिति संगै ११० आै स्थानमा भ्रष्ट्रचारकाे सुचाङकमा परेकाे कुरा सर्वबिदितै छ।चालु आर्थिक वर्षको ६ महिना अर्थात् गत साउनदेखि पुससम्ममा रू ५ खर्ब ८५ अर्ब रेमिटेन्स भित्रिएको छ। यो गत वर्षको यही अवधिको रू ४ खर्ब ७० करोडको तुलनामा २४.३% ले बढी छ । तर पनि नेपाल भित्र हरेक समाज भित्र बसाेबास गर्ने नागरिक लगाएत समाज भन्दा बाहिर बसाेबास गर्ने सडक नागरिक हरुमा कुनै परिवर्तन हुन सकेकाे छैन्।। यश दयनिय अबस्थालाई मध्यनजर गर्दै अभियानले देशब्यापि गति पाईरहेकाे छ। र हरेक सामान्य नागरिककाे हितमा आवाज उठाउदै आईरहेका छाै।।।

म भन्न चाहान्छु, ‘मानिसले खान पायो भने पो रोगसँग लड्न सक्छ भनेर हामीले यो सेवा शुरू गरिरहेका छाै।’ भोको पेट नै सामाजिक विकृति, रोग र अन्य किसिमका समस्याको जड हो । कुपाेषण लगाएत विभिन्न राेग हरु पनि भाेकबाट सिर्जना भई मृत्युवरण गर्न बाध्य छन ,यश बाध्यता नै राष्ट्रकाे प्रमुख समस्या हाे। र राष्ट्र विकासको लागि भोकमरीको अन्त्य जरुरी छ । भोक विरुद्धको लडाइँ नै आम नागरिककाे अन्तिम लडाई हुनेछ । पेट भोको भएन भने सबै व्यक्ति सक्षम हुन्छन् । भोकमरी भन्नेबित्तिक्कै हामीलाई हुम्ला जुम्ला र कालिकोटको याद आउँथ्यो तर आज हेर्नुस् त भोकमरी त काठमाडौंको चोक चोकमा हामिले देखिरहेका छौं । सरकारले कर्णालीको खाली पेट देखेको राम्रो हो, तर त्यहां पनि समाधान गर्न सकेकाे छैन ।विश्व खाध्य संगठनकाे नाममा राज्यले उपलब्ध गराउन सकेकाे छैन । र ७७ जिल्लामा रहेका बालबालिका हरु पनि उचित आहार बाट बञ्चित भएर भाेककाे समस्यालाई सामाना गरिरहेका छन । याे समस्या बिकट स्थानमा मात्र नभएर हाल नेपालका प्रमुख शहरहरुमा देखिरहेकाे छ ।।

यी समस्याहरुलाई समाधान गर्नकाे लागि निरन्तर जागरण संगै आम नागरिकमा आमूल परिवर्तनकाे लागि फुटेर हैन जुटेर हामी यश अभियान मा जुटि देशब्यापि भाेक ,राेग,शिक्षा,स्वास्थ्य,बेराजगार,बातावरणमा देखिएका प्रतिकुल यी समस्या हरुलाई निराकरण गर्न मानव जिवनमा जागरण गराई सामान्य सर्वसाधारण नागरिक ,श्रमिक नागरिक,मजदुरि नागरिक ,अशक्त नागरिक ,बृद्द बेसाहारा बुवा आमा हरु सडक बालबालिका ,एकल महिला जाे विभिन्न हिशांबाट यातना भाेगेका नागरिक लगाएत उमेर नपुगेका बलात्तकारि मा परेका किशाेरि हरु काे न्याय का निमित्त, लगाएत वैदिक सनातनिक हिन्दुहरु माथिकाे प्रहार बिरुद्द बुलन्द आवाज उठाउदै आएकाे छाै।र यी अन्याय मा परेका लाई न्यायकाे माग संगै ,यी नागरिकहरुकाे जीवन शुरक्षितकाे माग गर्दै ,आधारभुत आबश्कता शुनिश्चितकाे माग गर्दै आएका छाै।

हाल यश जय महाकाल युवा समुहकाे प्रमुख कार्यक्रमहरु १०००दिनसम्मका निम्न बमाेजिम छन।

१)भाेकालाई भाेजन प्यासिलाई पानी अभियान करिब २८ जिल्लामा बिस्तार ७७ जिल्ला समक्ष पुराउने लक्क्ष्य निरन्तरता,

२) हरियाे , सफा नेपाल निर्माण अभियान २८ जिल्लामा एकै साथ प्रत्येक हप्ताकाे शनिबार १ घण्टा बिहान निरन्तरता संगै हाल ७७ जिल्लामा पुराउने लक्क्ष्य निरन्तरता,

३)प्राकृतिक प्रकाेप र दैबिक प्रकाेपमा परेका बाडिपिडित लगाएत अन्य बिस्थापित परिवार हरुलाई विभिन्न जिल्ला,लमजुङ्ग,मेलम्चि,कञ्चनपुर लगाएत ७७जिल्लामा पुगेर उद्वार कार्य निरन्तरता,

४) निशुल्क स्वास्थ्य शिविर सञ्चालन देशैभरि ७७ जिल्लामा गर्ने उदश्य लिई विभिन्न स्थानमा सञ्चालन गर्दै ,जहाँ आेषधि उपचार नपुगेकाे स्थानहरुमा सेवा पुराई ,अस्पताल पुग्न नसकेकाे बिरामि पिडितहरुलाई सहयाेग र उद्वार गरि निरन्तरता दिईरहेकाे,

५)लागुआेैषध बिरुद्द जनचेतनामुलक कार्यक्रम हरु सञ्चालन गर्दै आएकाे ७७ जिल्लामा किशाेर अबस्थाका युवा हरुलाई चेतना मुलक प्रशिक्षण कार्य हरु गर्दै आएकाे,

६) गाै शंरक्षण अभियान लिएर तस्कर र माफिया बिरुद्द कार्वाहिकाे माग गर्दै ,अलपत्र गाै माताहरुलाई गाै आश्रम निर्माण गरि विभिन्न स्थानहरुमा गाै शंरक्षण अभियान चलाएकाे कपिलबस्तु,कञ्चनपुर जिल्लाहरुमा लगाएत हरेक घर घरमा गाै शंरक्षण गर्ने अभियान जागरण गर्दै ७७ जिल्लाहरुमा गाै आश्रम निर्माण कार्यलाई निरन्तरता दिन आम जनमास सामु सहकार्य गर्दै आएकाे,

७) कृषि अभियान लिएर नुवाकाेट लगाएत विभिन्न जिल्लाहरुमा भएका खेतियाेग्य जमिनहरुमा बाझाे हटाउ ,उत्पादन बढाउ अभियान चलाई बेराेजगारि युवा हरुलाई लक्षित गर्दै आम नेपाली नागरिकहरुलाई स्वराेजगार सहित आत्मनिर्भर बनाउन देशब्यापि व्यापक कृषि अभियान लाई आमजनमास सामु आकर्षण गरि किसान हरुलाई प्राेत्साहान,हाैसला सहित दिगाे कार्य याेजना तयार गर्दै आएकाे,

८) शिक्षा ,स्वास्थ्य,लगाएत अाधारभुत आबशकताहरु गाँस,बास,कपास सुनिश्चित माग गर्दै सरकार सामु ध्यानकार्षण गर्दै आएकाे र नियमित बालबालिका हरुलाई बिध्यालय भर्ना गरि उचित शिक्षामा प्राबिधिक साथ सहयाेग गर्दै आएकाे ,

९) उमेर नपुगेका बालिका माथि भएकाे बलात्कारि बिरुद्द न्यायकाे आवाज उठाउदै आएकाे,

१०) बिधुवा महिला ,एकल महिला लगाएत पिछडिएकाे बर्गहरुकाे निम्ति न्यायकाे आवाज उठाउदै आईरहेकाे,

११)राष्ट्रघाति MCC बिरुद्द घाेर बिराेध गर्दै राष्ट्रहित बिपरित कार्यहरुमा नियमित राष्ट्रकाे स्वाभिमान माथि आच पुग्न नदिन बिराेध कार्यक्रम गर्दै आएकाे,

१२) वैदिक सनातनिक धर्म,सस्कार,सस्कृति,सभ्यता,माैलिकता माथि भईरहेकाे प्रहार बिरुद्द नियमित सङ्घर्ष गर्दै हिन्दुहरुमाथि भएकाे आक्रमणकाे बिरुद्द शान्तिपुर्ण न्यायकाे माग गर्दै आएकाे,

१३ ) धर्म,सस्कृति,सस्कार,सभ्यता,मानबता सहितकाे समाज निर्माण गर्न नियमित बुलन्द आवाज छरिरहेकाे,

१४) यश गाैरबशालि सस्था देशब्यापि संगठन बिस्तार ,सदस्ता बितरण,सहित २८ जिल्ला मा प्रबेश गरि हाल ७७ जिल्ला समक्ष बिस्तार कार्य निरन्तर दिदै आएकाे,

१५) नेपाली नागरिक समानता दृष्टिले समाजभन्दा बाहिर रहेका नागरिक पनि समाजभित्र बाच्न पाउनु पर्छ भन्दै सामाजिक समानता सहित न्यायपुर्ण समृद्द समाज निर्माण कार्य निरन्तरता,

१६) बिकास क्षेत्र लगाएत यातायात क्षेत्रमा सुधार ल्याउन नियमित सङ्घर्ष गर्दै आएकाे,

१७) ईशाई ,कसाई,मुसाई बिरुद्द नियमित चरणबद्द सङ्घर्ष गर्दै ,

१८) समाज भित्रका बिसङ्गति ,बिकृति बिरुद्द सुधारात्मक समाज स्थापित गर्न निरन्तर सङ्घर्ष गर्दै आएकाे,

जय महाकाल।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय