युवा पुस्तामा निर्मल सिग्देल परिचित नाम हो । ३५ बर्षीय सिग्देल ब्यवसायसँगसँगै सामाजिक सेवामा पनि सक्रिय रहेका छन् । उर्लाबारी वडा नं. ७ निवासी सिग्देलले हाल काठमाडौंलाई कर्मथलो बनाएका छन् ।
ब्यवसायमा लामो अनुभव सँगालेका सिग्देल युवा व्यवसायीको रुपमा परिचय छन् । १६ बर्ष चौधरी गु्रपमा सिनियर मेनेजरको रुपमा काम गरेका सिग्देलले मार्सटरसम्म अध्ययन पूरा गरेका छन् । पशुपति आमाबि उर्लाबारीमा कक्षा ९ सम्मको अध्ययन पूरा गरेका सिग्देलले काठमाडौंबाट एसएलसीसम्मको पढाई गरे । त्यसपछि प्लस टु, ब्याचलर र मार्सटर युनाइटेड एकाडेमी काठमाडौंमा गरेका थिए ।

२५ बर्षदेखि काठमाडौंलाई कर्मथलोको रुपमा रोजेपनि उनले उर्लाबारीको माया भने मारेका छैनन् । उर्लाबारी क्षेत्रका मिडियाहरुमा गरिब तथा विपन्न समुदाय समस्यामा परेको खबर आउन साथ सहयोग गर्न तत्पर रहन्छन् । तर, उनी सहयोगलाई मिडियाबाजी गर्न चाहदैनन् । सानैदेखि फुटबल खेलमा रुची राख्ने सिग्देल फुटबल खेलाडी बन्न नसकेपनि फुटबल क्षेत्रको विकास र प्रवद्र्धनमा सहयोगी बनिरहेका छन् । बाल्यकालका साथीहरुसँग मिलेर उनले उर्लाबारी–४ मा उर्लाबारी फुटसल खोलेका छन् भने आफू जन्मेको ठाँउमा केही गर्नु पर्छ भन्ने सोचाईका साथ शिक्षा क्षेत्रमा पनि लगानी गरेका छन् । उनी मोरङ मोडल कलेजको सञ्चालक पनि हुन् । नाफाका लागि भन्दा पनि आफ्नो ठाउँमा केही गरौं भन्ने सोचका साथ कलेजमा लगानी गरेको उनले सुनाए । स्पेनको चर्चित व्राण्ड विग कोला नेपालमा भित्र्याए पनि सरकारको असहयोगका कारण बन्द गर्नु परेको उनको दुखेसो छ । सरकारबाट राम्रो साथ र सहयोग पाएको खण्डमा उक्त ब्राण्डलाई नेपालमा स्थापित गर्ने उनको लक्ष्य छ ।
उनी बाल्यकालमा ‘फटाहा’ स्वभावका थिए । तर, पनि उनले पढाई भने छोडेनन् । निरन्तर रुपमा पढाईलाई अघि बढाएका कारण आज आफू सफल बन्न सकेको उनले अनुभव शेयर गरे । उनी भन्छन्, मान्छेलाई हरेक दृष्टीले अगाडी बढाउन पढाई सहयोगी बन्छ । मामा गोपीकृष्ण न्यौपानेको प्रेरणा र साथले आफु सफल बन्नेको उनी बताउँछन् ।
सिग्देलले सामाािजक सेवा चर्चाका लागि नभई सन्तुष्टिका लागि गर्ने गरेको सुनाए । उनी दशैं अगाडि नै टिभिएसको शोरुम सञ्चालन गर्ने अन्तिम तयारीमा जुटेका छन् भने द बर्गर हाउस एण्ड फ्राई चिकेन पनि चाँडै सञ्चालन गर्दैछन् । हाल होण्डा शोरुम सञ्चालन गर्दै आएका सिग्देल सफल ब्यवसायीको रुपमा परिचित छन् । सिग्देल जानुका को–अपरेटिभको पनि बोर्ड मेम्बर हुन् । भिजन फाउण्डेशन नेपाल उर्लाबारीको आजिवन सदस्यसमेत रहेका उनी निकट भबिष्यमा राजनीति क्षेत्रमा पनि सक्रिय रहने सोचाईमा छन् । भर्खरै नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको हातबाट अबिरयात्रा गरेर चारतारे झण्डाको छहारीमा आबद्ध भएका छन् । यसअघि सक्रिय राजनीति नगरेका सिग्देल अब युवा पुस्ताबाट मात्र परिवर्तन सम्भव हुने निष्कर्षसहित राजनीतितर्फ हाम फालेका हुन् । ब्यवसाय, सामाजिक सेवा र राजनीतिलाई एकैसाथ अघि बढाउने उनको सोचाई छ । समाजसेवा मेरो जीवनको एक अभिन्न अंग हो भने ब्यवसाय अर्को पाटो हो सिग्देलले हसिलो मुद्रामा भने । ‘शिक्षित र समाज बुझेकाहरु उद्योग र ब्यापार, ब्यवसायमा लागेर रोजगार सिर्जना गर्ने र देशलाई समृद्ध बनाउनु पर्छ भन्ने मान्यताका साथ मैले काम गर्दै आएको छु,’ उनले भने , ‘पैसा सबै थोक होइन, पैसासँगै समाजसेवा पनि सँग सँगै लैजानु पर्छ यूवा जगतलाई ब्यापार, ब्यवसायमा लाग्ने वातावरण मिलाउन सरकारसँग आग्रह गरे । ‘रोजगारी सिर्जनाका लागि राज्यले पहल गर्नुपर्छ,’ उनी भन्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय