उर्लाबारी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उर्लाबारी नगर कमिटी सदस्य एवं वडा नं ५ वडा इन्चार्ज मुक्तिनाथ दाहालले आत्महत्या के कारण गरे भन्ने विषयमा खुल्न सकेको छैन ।
दाहालको शव परिक्षण मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टर मंगलबारेमा गरिएको छ । उनको स्वेच्छिक देह्यत्यागको अनुत्तरित प्रश्नमाथि गहिरो अध्ययन अनुसन्धान गरी शव परिक्षण रिपोर्टमा कुनै अप्रिय पराक्रम देखिए कानुनतः कडाभन्दा कडा ढंगले कारबाहीको दायरामा ल्याउन उर्लाबारी नगर कमिटी प्रचार विभागका प्रमुख निरोज तिम्सिनाले प्रहरी प्रशासनसमक्ष जोडदार माग गर्नुभएको छ । नेकपाका नेता पुष्प ढकालले प्रतिष्ठानको टर्चरका कारण आत्महत्या गरेको भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेका थिए ।
प्रचार समितिको पत्रमा के छ

भावपूर्ण श्रद्धाञ्जली
नेपाल कम्युनिष्ट पार्टी (नेकपा), उर्लाबारी नगर कमिटी सदस्य एवं वडा नं ५ वडा इन्चार्ज कमरेड मुक्तिनाथ दाहालको ४८ बर्षको उमेरमा सोमबार बिहान अपत्यारिलो स्वेच्छिक,देहत्यागको दुःखद् खबरले सिंगो पार्टी परिवार अत्यन्त मर्माहत एवम् स्तब्ध भएको छ ।
डीवी मार्ग, उर्लाबारी नपा वडा नं. ५, मोरङ निवासी कमरेड मुक्ति दहाल जनताको हिमायति, स्वयंमा उत्प्रेरक व्यक्तित्वको आचरणले भरिपूर्ण एक कर्तव्यनिष्ठ योद्धा हुनुहुन्थ्यो ।
मदन भण्डारी स्मृति प्रतिष्ठान‌ नेपाल उर्लाबारीको स्थापनाकालदेखि नै कार्यरत कमरेड दाहाल पछिल्लो समयमा, मदन भण्डारी स्मृति प्रतिष्ठान, ताराबारी, झापामा लेखा तथा प्रशासन शाखाको प्रमुख पदमा हुनुहुन्थ्यो । कामकाजका अतिरिक्त सामाजिक अभियान र राजनीतिक जिम्मेवारी पूरा गर्ने सन्दर्भमा उहाँ सम्बद्ध तमाम संघसंस्था, उर्लाबारी र आसपासको सिंगो समाज माझ कसैको आँखामा नबिझाउँने अत्यन्तै गुणवान् र असल व्यक्ति दाहालले स्वेच्छिक देहत्यागको बाटो उहाँले किन रोज्नुभयो ? यो अनुत्तरित जिज्ञासा यत्रतत्र छ ।
उहाँको शव परिक्षण मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टर मंगलबारेमा गरिएको छ । उहाँको स्वेच्छिक देह्यत्यागको अनुत्तरित प्रश्नमाथि गहिरो अध्ययन अनुसन्धान गरि शव परिक्षण रिपोर्टमा कुनै अप्रिय पराक्रम देखिए कानुनतः कडाभन्दा कडा ढंगले कारबाहीको दायरामा ल्याउन उर्लाबारी नगर कमिटी प्रहरी प्रशासनसमक्ष जोडदार माग गर्दछ।
हाम्रो पार्टी– स्थानीय स्तरमा स्थापित नेता कमरेड दाहालको यो अकल्पनीय निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । शोक र पीडाको यो घडीमा भावविह्वल उहाँको श्रीमती शान्ता अधिकारी दाहाल, छोराहरू इशान र निशान, ममतामयी आमा , साथै दाजु भोला र भाइ मदन लगायत सम्पुर्ण परिवारजनमा गहिरो शोक, समवेदना र सहानुभूति समर्पण गर्दछौ।
आफन्तजन्, छरछिमेक, इष्टमित्र, पार्टीका बिभिन्न तहका नेता तथा कार्यकर्ताहरुको उपस्थितिमा आज मिति २०७७/०६/२० गते मंगलबार बिहान साढे ९ बजे स्थानीय बक्राघाटमा दाह संस्कार गरिने परिवार श्रोतले जनाएको छ ।
निरोज तिम्सिना
प्रचार विभाग, प्रमुख
नेकपा उर्लाबारी नगर कमिटी ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय